कम हुन थाल्यो पराकम्पन, तीन दिन पछि अर्को धक्का

793 पटक पढिएको

सम्पादक: Dhading News

 kathmandu-final-final31काठमाडौं, जेष्ठ २७ । गत बैशाख १२ गतेको भूकम्पबाट त्रसित बनेका नेपालीलाई पछिल्ला दिनमा भने भूकम्पको पराकम्पन कम महशूस हुँदै गएको छ ।

५२ घण्टापछि गए राति भूकम्पको एउटा पराकम्प गएको छ । राति २ बजेर ५० मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भई ४ दशमलव १ म्याग्नेच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकोछ ।

यसअघि आइतबार राति १० बजेर ३५ मिनेटमा दोलखा केन्द्र भएर ४ म्याग्नेच्यूडको पराकम्प गएको थियो । त्यसपछि सोमबार र मंगलबार भूकम्पको पराकम्पन गएको थिएन ।

बैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर ७ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएको थियो भने त्यसपछि हजारौं पराकम्प जाँदा झण्डै नौं हजार मानिसको मृत्यु भएको छ ।