अध्यक्ष कर्णको भवन डिजाइन -सस्तो, भरपर्दो र टिकाउ रहेको दाबी

619 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

31

काठमाडौं, २६ जेठ । कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष एवम् आर्किटेक रञ्जीत कर्ण आफैले डिजाइन गरी विद्यालयको अस्थायी भवन निर्माण थालेका छन् ।

काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर माविका लागि कर्णले अस्थायी भवनको डिजाइन गरेका हुन् ।

कर्णले डिजाइन गरेको भवन आठ वर्षसम्म ढुक्कसँग टिक्नेछ ।

पाँच कोठाको भवनको लागत जम्मा एक लाख ८५ हजार मात्रै रहेको नेविसंघले जनाएको छ ।

भवन निर्माणका लागि स्वयं कर्णका साथै केन्द्रीय सदस्य अञ्जान लामा, उत्तम मिश्र, मोतीलाल भण्डारी, त्रिवि कार्यसमितिका अध्यक्ष सन्तोष पौडेललगायतका नेताहरू खटिएका छन् ।

प्रत्येक कोठामा ३६ जना विद्यार्थीले आरामसँग पढ्न सक्ने अध्यक्ष कर्णको भनाइ छ ।

वैशाख १२ गतेको भूकम्प र त्यसपछिको परकम्पनहरूका रकाण कीर्तिपुर माविको भवन क्षति भएको थियो ।

भवन क्षति भएपछि पठन पाठनमा समस्या भएपछि नेविसंघ अध्यक्ष कर्णको समूहले अस्थायी भवन आफै डिजाइन गरी निर्माण थालेको हो ।

नेविसंघले अध्यक्ष कर्णद्वारा डिजाइन गरिएको भवन निजी क्षेत्रले भवन निर्माणका लागि अगाडि ल्याएका प्रस्तावहरूभन्दा ४० प्रतिशतसम्म सस्तो र भरपर्दो रहेको दाबी गरेको छ ।

सस्तो, भूकम्पप्रतिरोधक, भरपर्दो र कम खर्चमा निर्माण हुने भएपछि सामुदायिक विद्यालयहरूका कक्षा कोठा यसैका आधारमा निर्माण गर्न नेविसंघले सुझाएको छ ।

आफैले डिजाइन गरेको विद्यालयको भवन निर्माणमा मसला बनाएर बोक्दै । रञ्जीत कर्ण, अध्यक्ष नेविसंघ

2 4 5

-सौर्य दैनिकवाट