काठमाडौं, -उच्च माध्यामिक परिषदले भूकम्पबाट अतिप्रभावित सात जिल्लामा असार १४ गतेदेखि परीक्षा सञ्चालन गर्ने भएको छ ।
अन्य ६८ जिल्लामा भने १२ कक्षाको परीक्षा आइबार सकिएको छ भने ११ कक्षाको परीक्षा मंगलबारदेखि सुरु हुँदैछ ।
भूकम्पबाट अति प्रभावित गोरखा, धादिङ नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापको परीक्षा भएको थिएन ।
परिषदले आइतबार सात जिल्लामा परीक्षाको मिति तोकिएको हो ।परीक्षामा १९ हजार एक ९६ जना परीक्षार्थीको सहभागिता रहनेछ ।
कक्षा ११ को परीक्षा असार २४ गतेदेखि सुरु हुने भएको छ । कक्षा ११ को परीक्षामा २१ हजार ५५८ जना परीक्षार्थीको सहभागिता रहनेछ ।