एसएलसि परिक्षाको नतिजा भोली सार्वजनिक गर्ने तयारी, यसबर्ष एसएलसिमा सबै पास

767 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 slcधादिङ–असार ३,  एसएलसी परीक्षाको नतिजा असार ४ गते सार्वजनिक हुने भएको छ । नतिजा सार्वजनिक गर्न माध्यामिक परीक्षा उत्तीर्ण बोर्डको बैठक असार ४ गतेका लागि बोलाइएको थाहा भएको छ ।परीक्षा नियन्त्रण कार्यालयका कर्मचारी तथा प्राविधिकहरु यतिबेला उत्तरपुस्तिका रुजु गर्ने कार्यमा युद्धस्तरमा लागिरहेका छन् ।परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले सकभर असार ४ गते र कथम् केही भएमा ५ गते भने नतिजा सार्वजनिक हुने निश्चित रहेको बताए ।

साधारणतर्फको नतिजा यही साता सार्वजनिक भए पनि प्राविधिकतर्फको नतिजा केही दिनपछि मात्रै सार्वजनिक हुनेछ । ग्त वर्षबाट प्राविधिकतर्फ पनि एसएलसी परीक्षा थालनी गरिएको थियो । नियन्त्रक द्वारेले प्राविधिकतर्फ ग्रेडिङ मूल्याङ्कन प्रणाली लागू गरिने जानकारी दिए ।‘यस वर्षबाट साधारणतर्फ पनि ग्रेडिङ प्रणाली लागू हुनेछ’, उनले भने । ग्रेडिङ प्रणालीअनुसार ए प्लस, बी, सी, डी र ई उल्लिखत लब्धांकपत्र दिइनेछ भने अनुत्तीर्ण लेखिने छैन ।