६० वर्षकी महिला १० महिनामा पाँच पटक गर्भवती भएपछी

929 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

garvabatiकाठमाडौं । विश्वमा अनौठा अनौठा रेकर्डहरु हुँदै आएका छन् । भर्खरै यस्तो रकर्ड बाहिर आएको जसले दुनियाँलाई नै चकित बनाएको छ । रेकर्ड अनुसार यहाँ कोही महिला ४ महिनामा ३ पटक त कोही महिला १० महिनामा ५ पटक गर्भवती हुन्छन् ।

यहाँ एक ६० वर्षकी महिला १० महिनामा पाँच पटक गर्भवती भएको रेकर्ड सार्वजनिक भएको छ । अचम्मको यो रेकर्ड भारतको बरेली राज्यको हो । टाइम्स अफ इण्डियाका अनुसार बरेलीको बरही गाउँकी राजेश्वरी देवीलाई १० महिनामा पाँच पटक गर्भवती भएको रेकर्डमा देखाईयो ।

घटना अनुसार राजेश्वरी देवीले १२ वर्ष पहिला बच्चा जन्माएकी थिईन् । तर रेकर्डमा २०११ मा आमा बनेको देखाइयो । आश्चर्य त के भयो भने जब ‘जननी सुरक्षा योजना’को पैसा खान अधिकारीले ६० वर्षकी महिलालाई १० महिनामा ५ पटक गर्भवती भएको बताए र पैसा पचाए ।

यस्तो छ घटनाः पढ्नुहोस् !

उत्तर प्रदेशमा जननी सुरक्षा योजनाको नाममा जमेर लूटिँदै छ । यहाँ कोही महिला ४ महिनामा ३ पटक त कोही महिला १० महिनामा ५ पटक गर्भवती हुन्छन् । यदि सम्मकी जो महिलाले १२ वर्षदेखि कुनै बच्चालाई जन्म दिएका छैनन्, उनीहरु पनि गर्भवती हुन्छन् र यी सबै कुरामा सरकारी अधिकारीको चाँसो छैन् ।

यद्यपी यूपीमा ‘जननी सुरक्षा योजना’को नाममा जमेर धांधली हुँदै आएको छ । यो योजनामा आमा बन्न महिलालाई सरकारका तर्फबाट पोषणयुक्त खानाका लागि १४०० रुपैयाँ दिईन्छ । तर सरकारी अधिकारी महिलालाई यो पैसा नदिएर आफै खान्छन् । यदिसम्म की कैयौ महिलालाई लुकाएर केही पैसा दिएर बाँकी पैसा आफ्नो खोजीमा हाल्छन् ।

यो घटनाको खुलासा तब भयो जब बदायूं की आशा देवी नाम की एक महिला ४ महिनामा तीन पटक योजना अनुसार पाइने पैसाको चेक लिएर बैंक गइन् । बैंक अधिकारीलाई जब आशा देवीमाथि शंका भयो तब उनीहरुले स्वास्थ्य विभागलाई घटनाको जानकारी दिए । त्यसपछि जब जाँच सुरु भयो फर्जी चेक दिएर ठगेको घटना बाहिर आयो ।

टाइम्स अफ इण्डियाका अनुसार यो घटना बरेलीको बरही गाउँ स्थित राजेश्वरी देवी को हो, जसले १२ वर्ष पहिला बच्चा जन्माएकी थिईन् । तर रेकर्डमा २०११ मा आमा बनेको देखाइयो । आश्चर्य त के भयो भने जब योजनाको पैसा का लागि अधिकारीले ६० वर्षकी महिलालाई १० महिनामा ५ पटक गर्भवती भएको बताए र पैसा पचाए । अब यो योजना लागू गर्ने अधिकारीमाथि छानविन सुरु गरिएको छ । एजेन्सी