शैक्षिक सरोकारवालाहरुको लागि अभिमुखीकरण

676 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

SAMSUNG CAMERA PICTURESधादिङ । जिल्ला स्तरीय शैक्षिक सरोकारवालाहरुको अभिमुखीकरण कार्यक्रम शुक्रवार धादिङबेसीमा सम्पन्न भएको छ । जिल्लामा रहेका विद्यालयहरुमा विपत पछि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र समुदायको सहभागिता र अपनत्व वृद्धि गराउने उद्देश्यले अभिममुखीकरण गरिएको हो ।
अभिमुखीकरण कार्यक्रमलाई सहजीकरण गर्नुहँदै शैक्षिक जनशक्ति विकास केन्द्रका उपसचिव रोजनाथ पाण्डेलेआपतकालिन अवस्थामा विद्यालयलाई सुरक्षित बनाउनका लागि स्थानीय सरकार बलियो बनाएर विद्यालय व्यवस्थापन समिति र सरोकारवालाहरुको क्षमता विकास गराउन अपरिहार्य रहेको बताउनुभयो । हाल देखिएका चुनौतिहरुलाईसामना गर्दै प्राप्त अवसरहरुको उपयोग गर्न सकिए नव नेपाल निर्माणको सपना पुरा हुने धारणा राख्नुभयो ।
शिक्षा क्षेत्रका नीति, योजना र कार्यक्रमहरु, शिक्षा सम्बन्धी राज्यको दृष्टिकोणहरु, विद्यालय व्यवस्थापन समिति, शिक्षक, पििटए र अभिभावकको काम कर्तव्य र अधिकारको बारेमा जानकारी गराउनुभयो ।
युनिसेफको सहयोग, जिल्ला शिक्षा कार्यालय धादिङ र विश्व शिक्षासंगको साझेदारीमा प्रयास नेपाल धादिङले आयोजना गरेको अभिमुखीकरणमा जिल्लाका श्रोत व्यक्तिहरु र शिक्षा सरोकारवालाहरुको सहभागिता थियो ।
अभिमुखीकरणमा विद्यालयको अवस्था, रणनीति, कार्यनीति, कार्यक्रम र सफल अभ्यासहरु प्रस्तुत गरिएको थियो भने सुरक्षित विद्यालय बनाउनका लागि प्राकृतिक र मानव निर्मित विपद व्यवस्थापन, विद्यालय स्वास्थ्य तथा पोषण व्यवस्थापन, बालमैत्री शिक्षणको बारेमा समुहकार्य गराएर प्रस्तुत गरिएको थियो ।हालैको भुकम्प र भविश्यमा हुन सक्ने विपदबाट विद्यार्थी, अभिभावक र शिक्षक चिन्तीत रहेको भन्दै कार्यक्रममा सहभागीहरुले बहस पैरवी र वकालत गर्दै आवश्यकता पूतिमा लाग्नुपर्ने आवश्यकता औल्याएका थिए ।
कार्यक्रममा बोल्नुहुँदै प्रयास नेपाल धादिङका कार्यकारी दामोदर अर्यालले विपत पछि जिल्लामा निर्माण गरिएका अस्थाई सिकाइ केन्द्र र वितरण गरिएका शैक्षिक सामाग्रीहरुको बारेमा जानकारी गराउँदै जिल्लाका सबै गाउँ विकास समितिका विद्यालयका शिक्षक अभिभावकहरुलाई सहभागी गराएर जिल्लाभर तालिम संचालन गर्न लागिएको जानकारी गराउनुभयो ।