गल्छीवासीले मनोक्रान्तिलाई दिए योग भवन

857 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

विकासानन्द र उनका सहयोगीहरुद्वारा सञ्चालित ‘मनोक्रान्ति योग’ लाई धादिङ गल्छीबासीहरुले एक हजार व्यक्ति अट्ने योग हल प्रदान गरेका छन्।

timthumb (1)नियमित योग ध्यान सञ्चालन गर्ने उद्धेश्यले बनेको उक्त भवन स्थानीयवासी एवं योगमा रूची भएकाहरूको सहयोगमा निर्माण भएको हो।

गल्छीस्थित छाङ्गादेवी मन्दिर संरक्षण समितिका अध्यक्ष लक्ष्मणदास महर्जनका अनुसार ६० लाखको लागतमा उक्त योग भवन बनेको हो। त्यसमध्ये २५ लाख रुपैंया स्थानीयवासीले गरेको महायज्ञ तथा मनोक्रान्तिका सदस्यहरुले करिव १७ लाख सहयोग गरेका थिए। भवनका केही अंश निर्माणाधिन छ। बाँकी रकम जुटाउँदै काम पुरा गर्ने लक्ष्य राखिएको जनाइएको छ ।

भवनको उद्घाटन गर्न गल्छी पुगेका मनोक्रान्ति अभियानका प्रमुख डा. योगी विकासानन्दले योगले स्वास्थ्य प्रदान गर्नु सामान्य भएको बताउँदै योगले सामाजिक विकास हुँदै मानव विकास गर्ने बताए । ‘योग स्वाथ्यका लागि राम्रो हो तर यो यतिमा मात्र सीमित छैन, योगका बहुआयामिक पक्ष छन् ।’ विकासानन्दले भने, ‘योगले १८ घन्टा काम गर्ने शक्ति जुटाउँछ । जुन देशका नागरिक १८ घन्टा काम गर्छन्, त्यो देश माथि जानु स्वभाविक छ । त्यति मात्रै होइन, योगले मोक्षसम्मको बाटो देखाउँछ ।’

मनोक्रान्ति ट्रष्टले आयोजना गरेको निशुःल्क योग शिक्षक तालिमको समापन पनि त्यही योग भवनमा गरिएको थियो ।