काँग्रेस महाधिवेशन फागुन २० देखि २३ सम्म काठमाण्डौंमा हुने

531 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

download (4)काठमाडौं-नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिती तय गरेको छ । बैठकले फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको काँग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो । त्यसअघि माघको १५ गतेसम्म गाउँ, नगर र वडा, माघ २२ गते क्षेत्र, माघ २५ गते जिल्ला अधिवेशन गर्ने निर्णय पनि भएको छ । दुई पटक सम्म केन्द्रीय र तीन पटक स्थानिय महाधिवेशन सारेको काँग्रेसले नयाँ संविधान जारी भएसँगै महाधिवेशनका लागी थप ६ महिनाको समय पाएको थियो । काँग्रेसले सरकारको बारेमा भने भोलिमात्रै निर्णय गर्ने जनाएको छ ।