सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ जिल्ला शाखा गठन

780 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

gokarna rupakhetiसामुदायिक विद्यालय सस्थागत सुदृढिकरण र सुशासन कायम गर्ने अभिप्रायले जिल्लामा आयोजीत अन्र्तक्रिया कार्यक्रम जनकल्याण उच्च मा.बी विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामशरण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ  । कार्यक्रमवाट जनजागृती उच्च मा.बी थाक्रे ३ महादेबबेशीका गोकर्ण रुपाखेतीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला तर्दथ समिति गठन गरिएको छ ।

   समितिको उपाध्यक्षमा वाल मन्दीर मा.बी का लक्ष्मी श्रेष्ठ ,सचिवमा भानुभक्त मा.बी पिडा अर्जुन भुजेल, कोषाध्यक्षमा सरस्वती उच्च मा.बी धुवाकोटका नेत्र प्रसाद नेपाल र सदस्यहरुमा दिल वहादुर रम्तेल श्री किरान्चोक कार्की डाँडा उ.मा.बी बैरेनी , होम नाथ रिजाल निलकण्ठ उच्च मा.बी निलकण्ठ, टिका थपलिया बागेश्वरी उच्च मा.बी बेनिघाट, छविलाल श्रेष्ठ सल्यानटार उ.मा.बी सल्यानटार, शिवहरी वास्कोटा हरिहरभोजकुमारी मा.बी केवलपूर र बुद्यिमान तामाङ ल्याक्चेकुण्ड नि.मा.बी दार्खा रहेको जिल्ला तर्दथ समिति गठन गरेको छ । कार्यक्रममा केन्द्रीय प्रतिनिधि मोहन निरौलाले सहजिकरण गर्नु भएको थियो ।