ठगी गर्ने एउटै ब्यक्तिको ९ वटा पेट्रोल पम्प !

909 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भारतको अघोषित नाकावन्दी र मधेशीदलहरुको तराई केन्द्रित आन्दोलनले नेपाली जनजिवन निकै कष्टकर बन्न पुगेको छ । दैनिक उपभोग्य बस्तु देखि ग्यांस पेट्रोलको हाहाकार मच्चिएको छ । वजारमा जताततै कृत्रिम अभाव बढ्दै गएको छ । वजारमा बढ्दै गएको अभाव र महंगी नियन्त्रण हुन सकेको छैन । यहि संकटको बेला पारेर कतिपय व्यक्ति नाफा कमाउने नाममा चरम लुटमा पल्किएका छन । मिटर बिगारी उपभोक्तालाई ठगेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले उपत्यकाका १८ वटा पेट्रोल पम्पमा छापा मारेको छ। जसमा एक दर्जनभन्दा बढीले ठगी गरेको प्रहरीले जनाएको छ । ७ जना पेट्रोल पम्पका संचालन प्रहरी फन्दामा परेका छन् भने बाँकी फरार छन्।मेसिन बिगारेर रिमोर्ट जडान गरी सर्वसाधारण ठग्ने पेट्रोल पम्प संचालकहरुको एउटा मात्र नभएर  सो भन्दा बढी पेट्रोल पम्पहरु रहेको फेला परेको छ। एउटैको ९ वटा पम्पहरु रहेको फेला परेको  छ। टंक कुमारश्रेष्ठको नाममा नेपाल आयल निगमले ९ वटा पम्प संचालन गर्न दिएको छ । उनको उपत्यकाका साथै धादिङ, नुवाकोट र बारामा पम्पहरु रहेका छन् ।रहस्य प्रहरीको अनुसन्धानले वाहिर ल्याएको छ ।  धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी पुछारवजारका स्थायी वासिन्दा श्रेष्ठ धादिङमा भन्दा बढी राजधानीमा बस्दै आईरहेका छन ।
ललितपुरको एकान्तकुनामा रहेको प्रशान्ती, स्वयम्भुमा रहेको बंगलामुखी, सुकेधारामा रहेको इलाइट, भक्तपुरमा रहेको गुह्रेश्वरी, जोरपाटीमा रहेको न्यु लामा, भक्तपुरमा नै रहेको महेश्वरी, त्रिशुलीमा रहेको जाल्पा ,बेसीमा रहेको रहेको भैरवी र बाराको अमलेखगन्जमा रहेको आकाश आयलश्रेष्ठले विभिन्न व्यक्तिलाई साथमा लिएर  संचालन गर्दै आएका छन् । उनले संचालन गर्दै आएको अधिकांश पम्पमा रिमोर्ट मेसिन जडान गरेको भेटिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।

कसरी ठग्छन् पेट्रोल पम्पका संचालकले उपभोक्ता

भारत गोरखपुर घर भएका अयुप आलम बालकुमारीमा बस्छन् ।  उनले आफूले २ वर्षदेखि राजधानीका विभिन्न पम्पहरुमा सेटिङ गरिरहेको बताएका छन् । उनले आफूजस्तै पेट्रोल पम्पमा सेटिङ गर्नेको संख्या ५ जना मात्र रहेको बताए । प्रहरीका अनुसार उनले डिजीटल पेट्रोल पम्प मात्र मेसिन जडान गर्छन् ।

रिसिभर र डिभाइस


उनका अनुसार डिजीटलमा पल्सर कार्ड  जडान गरिन्छ ।  त्यसमा रिसिभर र डिभाइस सेट गरिन्छ । अनि रिमोर्ट अन गरे बराबर र अफ गरे तेल कम पास गर्छ । नेपाली २४ हजार रुपैयाँमा पाइने पल्सर कार्ड उनीहरुले लखनउबाट ल्याउने गरेको एसएसपी सर्वेन्द्र खनालले बताए ।

त्यस्तै म्यानुअल  पेट्रोल पम्पमा एसेम्बली, गियर र मेन गियर फिट गरिन्छ । यो प्रक्रियापछि कैची आकारको जस्तो पीन सेट गरिन्छ । जुन नेपालमा नै पाइन्छ । सेटिङ मिलाएपछि तपाईँले ५ लिटरमा हाल्नु भयो भने १५० एमएल देखि २०० एमएल कम तपाइँले पाउनुहुन्छ ।