धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा बोधनाथ दुवाडी

1229 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

09012016023302fnccio-dhanding-1000x0 धादिङ – तीन बर्ष अघि  सातौं अधिबेशनमा संस्थाबाट वाहिरिन पुगेका उद्यमी व्यवसायी आठौं  अधिबेशनमा आईपुग्दा पनि संस्था भित्र अटाउन सकेनन । राजनैतिक आस्थाका आधारमा सयौं उद्यमी व्यवसायीले सदस्यता लिन नपाएको आस्थाका आधारमा सदस्यहरुको नविकरण खारेज गरेको बिषयमा बिबाद बढेपछि  सातौं  अधिबेशन स्थलमै विभाजन हुन पुगेको धादिङ उद्योग वाणिज्य संघमा पुरानो मुद्धा अझै टुङगो लाग्न नसकेपनि आठौं अधिबेशनले नयाँ नेत्तृत्वको चयन गरेको छ ।
तीन बर्षको अवधिमा दर्जनौं पटक कार्य समितिमा पदाधिकारीको फेरवदल,समिति विस्तार,बिशेष साधारण सभा सम्पन्न भएपनि अधिबेशन स्थलबाट संस्थाको सदस्यता त्याग्न वाध्य पारिएका सयौं उद्यमी व्यवसायी अझै सम्म पनि संस्थाको सदस्य बन्नवाट बञ्चित हुंदै आईरहेका छन । तीन बर्ष अघिको मुद्धाले किनारा नपाएपनि  सातौं अधिबेशनपछि जिल्लामा दुईवटा उद्योग वाणिज्य संघको गठन गर्न पुगेका केही व्यवसायीहरु यतिबेला पुरानो संस्थाको कार्य समितिमा चयन हुन पुगेका छन । एकपक्ष भने अझै पनि संस्थाको नेत्तृत्वमा परै जावोस, सदस्यता पाउनबाट समेत बञ्चित रहनु परेको अवस्थाकै बिचमा धादिङ उद्योग वाणिज्य संघले निर्वाचन प्रकृयावाट नयाँ नेत्तृत्व पाएको हो ।अधिबेशनवाट नयाँ नेत्तृत्व चयन भएपनि संस्थाले गठन गरेको स्वतन्त्र निर्वाचन समितिले दवाव झेल्न नसकेर बिचैमा आफ्नो काम रोकेर हिड्नु परेपछि सरकारी कर्मचारीले सम्पन्न गरिदिएको निर्वाचन प्रकृयाबाट बोधनाथ दुवाडीको नेत्तृत्वमा नयाँ कार्य समितिको चयन भएको हो ।  धादिङ उद्योग वाणिज्य संघको २२ औं साधारण सभा तथा आठौं अधिवेशनबाट अध्यक्ष पदमा दुवाडी निर्वाचित भएका हुन । अध्यक्षका प्रत्यासी अशोककुमार बस्नेतले ५८ मत र दुवाडीले ४०७ मत प्राप्त गरेका थिए ।

12509256_750500038428301_3103464738644673040_nउद्योग वाणिज्य संघ २७ जनाको कार्य समितिको निर्वाचन हुने भए पनि निर्विरोध हुन नसकेको १ अध्यक्ष सहित १६ सदस्यको लागि शुक्रबार मतदान भएको थियो । अध्यक्ष सहित १६ सदस्य नै दुवाडी पक्षीय एमाओवादी, नेपाली कांग्रेस, विप्लव माओवादी र वैद्य पक्षीय उद्योगी व्यापारीहरुको संयुक्त समूह विजयी भएको छ । विजयी समूह विरुद्ध नेकपा एमाले र माओवादी सर्मथक व्यापारीहरुको नयाँ शक्ति समूहले संयुक्त रुपले निर्वाचनमा भाग लिएका थिए ।

सदस्यहरुमा राजकुमार श्रेष्ठ, रामकुमार शाह, इश्वर खरेल, इश्वर प्रसाद कोईराला, शिवनिधी खनाल, षडानन्द त्रिपाठी, बद्रीप्रसाद कँडेल, शरद अधिकारी र मदन थपलिया निर्वाचित भएका छन् भने महिला सदस्यहरु तर्फ चीनमाया श्रेष्ठ, विष्णु श्रेष्ठ र शान्ता रिजाल निर्वाचित भएका छन् ।

12509768_712061378895528_7969542881383366939_n२१ औं अधिबेशनबाट वाहिरिएका जिल्लाका उद्यमी व्यवसायीहरुले कल्पना अधिकारीको अध्यक्षतामा गठन गरेको उद्योग बाणिज्य संघ धादिङलाई निष्कृय पारेर  संघमा आवद्ध सदस्यहरुलाई धादिङ उद्योग वाणिज्य संघको सदस्यता दिने बिषयमा भएको सहमती कार्यान्वयन नभएपछि संघमा आवद्ध सात सय भन्दा बढी सदस्यले अहिले पनि धादिङ उद्योग वाणिज्य संघको सदस्यता नपाएको व्यवसायीहरुको गुनासो छ ।संयोगनै मान्नुपर्छ संघको स्थापना भएदेखि हाल सम्मका सबै अध्यक्षहरु एमाओवादी निकटका व्यक्तिहरु मात्र रहेका छन । संघको अध्यक्षको जिम्मेवारी सम्हाल्नेहरुमा कृष्णकुमार श्रेष्ठ,तेजवहादुर भण्डारी,ध्रुववहादुर थापा,प्रभातकिरण सुवेदी,चन्द्रकान्त अधिकारी रहेका छन । आठौं अधिबेशनबाट चयन भएको नयाँ नेत्तृत्वले विगतमा देखिएका कमि कमजोरीलाई सच्याएर जिल्ला भित्रका वास्तविक उद्यमी व्यवसायीहरुलाई संगठित गर्दै अघि बढ्ने विश्वास गरिएपनि दलगत स्वार्थका कारण यस पटकको नेत्तृत्व पनि विगतमा जस्तै अलमलमा पर्न सक्ने धेरैको शंका रहेको छ ।