लोकमान सिंह कार्कीले गरे राजिनामाको घोषणा

1593 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

lokman-singh-karkiकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले कराँते महासंघको संरक्षकबाट राजिनामा दिएका छन् ।

विगत लामो समयदेखि नेपाल करांते महासंघको संरक्षक रहँदै आएका कार्कीले भारतमा भर्खरै सम्पन्न १२ औं सागमा कराँतेले मेडल नजितेको भन्दै अलग हुने निर्णय गरेको बताएका हुन र

सामाजिक संजाल फेसवुकमा स्ट्याटस लेख्दै कार्कीले कराँते टोलिले १२ औं सागमा कठोर पराजयको सामना गर्नुपरेको’ उल्लेख गरेपनि बाह्रौं सागमा नेपाली कराँते टोली सहभागी थिएन ।

भारतमा सक्रिय रहेका दुईओटा कराँते संघको विवादका कारण यसपटकको साग आयोजक कमिटीले कराँते प्रतियोगीता नगराउने निर्णय गरेको थियो ।

नेपालको खेल जगतमा बेग्लै पहिचान र ऐतिहांसिक महत्व बोकेको कराँतेले वितमा हाँसिल गरेको उपलब्धि नेपालीको लागी गौरव र आत्माभिमानको विषय भएको उल्लेख गर्दै कार्कीले भारतमा सम्पन्न दक्षिण एशियाली खेल स्पर्धामा कराँतले कठोर पराजयको सामना गर्दै यस खेलले कमजोर दिशा र दशालाई प्रतिनीधीत्व गरेको बताएका छन् ।

आफ्नो ब्यक्तिगत वेभसाईट लोकमान कार्की डटकममा समेत ‘संरक्षक नरहने जानकारी सम्वन्धमा’ भन्ने शिर्षकमा कार्किले सागमा ब्यहोरेको पराजयलाइ समेत मध्यनजर गर्दै नेपाल कराँते महासंघको संरक्षकत्व ग्रहण गरिरहन नैतिक रुपले उपयुक्त नहुने  निष्कर्ष सहित कराँते महासंघको संरक्षकको जिम्मेवारीबाट अलग भएको जानकारी गराएका छन् ।

कार्कीले जारी गरेको बिज्ञप्ती
विगत लामो समय देखि म करांते खेल क्षेत्र संग प्रतक्ष्यरपरोक्ष्यत आवद्द रहदै आएको र यताका केही वर्ष देखी म नेपाल करांते महासंघको संरक्षक रहदै आएको तथ्य विदितै छ । मुलुकको खेल जगतमा वेगल पहिचान र ऐतिहासिक महत्व वोकेको करांते खेल क्षेत्रले विगतमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिष्पर्धामा हासिल गरेको यश र उचाई हाम्रा निम्ति गौरव र आत्माभिमानको विषय हो तर समय क्रम संगै यस क्षेत्रमा अपेक्षित गतिशलता र सुधार हुन नसकेको प्रतित हुन्छ । हालै मात्र भारतमा सम्पन्न दक्षिण एशियाली खेल स्पर्धामा नेपाली करांते टोलीले सामना गर्नु परेको कठोर पराजयले यस खेल क्षेत्रको कमजोर दिशा र दशालाई प्रतिनिधित्व गरेको मैले अनुभूत गरेको छु । यसर्थ दक्षिण एशियाली खेल स्पर्धामा व्यहोर्नु परेको पराजय समेतलाई मध्यनजर गर्दै नेपाल करांते महासंघको संरक्षकत्व ग्रहण गरिरहन नैतिक रुपले उपयुक्त नहुने आत्म निष्कर्ष सहित म आजैका मिति देखी नेपाल करांते महासंघको संरक्षकको जिम्मेवारी बाट अलग भएको जानकारी गराउदछु । पुनश्चः म नेपाल करांते महासंघको संरक्षककारुपमा नरहेता पनि यस करांते खेल लगायत समग्र खेलकुद क्षेत्रको विकाश र उत्थानका लागि व्यक्तिगत र संस्थागतरुपमा समेत नित्याधिक क्रियाशिल रहने प्रतिवद्धता समेत व्यक्त गर्दछु । धन्यवाद ।