अझै पुगेनन् पाठ्यपुस्तक !

633 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bookजुम्ला । गत माघ २५ गतेदेखि सरकारी तथा सामुदायिक विद्यालय खुले पनि अहिलेसम्म शिक्षक पुग्न सकेका छैनन् ।

स्थानीयवासी शिक्षकले सामान्यतः विद्यालय खोले पनि सबै शिक्षक विद्यालयमा नपुगेका कारण अध्ययन अध्यापन पुनःसञ्चालन हुन नसकेको सरस्वती उमावि कुडारी जुम्लाका मावि शिक्षक यादवराज आचार्यले जानकारी दिए । आचार्यका अनुसार यही फागुन दोस्रो सातासम्म भर्ना अभियान जारी रहेकोले पनि अध्ययन अध्यापन पूर्ण रुपले नलचेको हो । कक्षा एकदेखि पाँचसम्मका पाठ्यपुस्तक जिल्लामा नभएकाले पनि अध्यापनमा कठिनाइ आएको उनको भनाइ छ ।

कुडारी–३ का नरबहादुर रावतले जिल्ला शिक्षा कार्यालयको कमजोरीका कारण सरकारी विद्यालयमा पढ्ने गरिब वर्गको छोराछोरीको भविष्य चौपट भएको बताए ।

जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले विद्यालयमा पठनपाठन नभएको गुनासो आपूmमा पनि आएको बताए । “सबै विद्यालयका प्रधानाध्यापकलाई विद्यालय खोल्ने मात्र नभई नियमित पठनपाठनको व्यवस्था मिलाउन निर्देशन गरिसकेका छौँ” फडेराले भने ।

जनक शिक्षा सामग्री केन्द्रले जिल्लामा पाठ्यपुस्तक गत माघ मसान्तभित्र नै पु¥याइसकेकाले विद्यालयमा पुस्तक लैजाने काम जारी रहेको जनाइएको छ । उनका अनुसार जुम्लाका लागि यस वर्ष पाठ्यपुस्तक खरिद गर्न ८८ लाख ३३ हजार रकम निकासा भएको छ ।