नेविसंघ अध्यक्षमा नैनसिंह महिला उपाध्यक्षमा उर्मिला थपलिया निर्वाचित

867 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं। नेपाल विद्यार्थी संघको चुनावको मतगणनाको अन्तिम नतिजा आएको छ। नतिजा अनुसार नैनसिंह महर विजयी भएका छन्। उनले १४९६ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिष्पर्धी मनोजमणी आचार्यले १३६२ मत ल्याएका मतगणनास्थलमा रहेका हाम्रा सहकर्मी तेजसिंहले जनाएका छन्।
अध्यक्षमा आनन्द राज त्रिपाठी, नगेन सिंह ठकुरी, नैनसिंह महर, बचन कार्की (मुसा), मनोजमणी आचार्य, लक्ष्मण आचार्य र शुभराम वस्नेत गरि ७ जना मैदानमा थिए। कुल ३२ सय ६० मत खसेको छ।
महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा विजयी भए। दुई महामन्त्रीका लागि भएको निर्वाचनमा हिमालदत्त श्रेष्ठ, दिपक भट्टराई र शंकर पौडेल मैदानमा थिए।

urmila-thapaliya

नेविसंघको महिला उपाध्यक्षमा उर्मिला थपलिया निर्वाचित भएकी छन्। उनले निकटतम प्रतिष्पर्धा कृष्णकुमारी बस्नेतसँग थियो। थपलिया पार्टी महामन्त्री डा शसांक कोइराला निकट मानिन्छिन् भने बस्नेतलाई सभापति शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला र गगन थापाले समर्थन थियो।
को हुन उर्मिला थपलिया?
साहित्यमा समेल आफूलाई अब्बल राख्दै नेपाली काँग्रेसको महासमिति सदस्य समेत बनिसकेकी उर्मिला थपलिया अहिले नेपाल विद्यार्थी संघको छात्रा तर्फको उपाध्यक्ष पदमा निर्वाचित भएकी छिन् । कहिले कविता मार्फत् अनुभूतिका तरंग पोख्ने त चन्द्रमल्लिक गजल संग्रहमा आफ्ना भाव बगाउने थपलियाको डालो मनको उर्घार्दा कविता संग्रह पनि बजारमा आएको छ। यससँगै नेविसंघ के हो ? नेविसंघ गीतसँगै अन्य ४ गीतहरू समेत गाईसकेकी थपलियाले मरेर पनि अमर गिरिजाबाबु र सम्झनामा सुशील’दा नामक दुई कितावको सम्पादन समेत गरेकी छिन् ।
वि सं २०५३ सालमा तात्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला धादिङ गएको समयमा उनलाई भेटेपछि प्रत्यक्ष राजनीतिमा लाग्न रहर जागेको बताउने थपलियाले नीलकण्ड मावि धादिङको काई उपाध्यक्ष, नेविसंघ धादिङको कोषध्यक्ष, नेविसंघ धादिङको तदर्थ समिति सदस्य हुँदै २०५८ सालसम्म आईपुग्दा जिल्ला कार्य समिति धादिङको सचिवसम्म बनेकी थिईन्। त्यसपछिका वर्षहरूमा विश्वभाषा क्याम्पसमा स्ववियू सचिव समेत बनेकी थपलिया २०६३ सालमा नेविसंघ केन्द्रमा केन्द्रीय सदस्यको रूपमा मनोनित भएकी हुन्।
महिलालाई ३ सत्तासँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यतालाई पुरूषको भन्दा भिन्न कठिनाई भन्दै यतिका संघर्ष गरेर आएका महिलाहरूलाई नेतृत्व तहमा भने स्थान नदिनु, आरक्षणका आँखाले हेरेर विभेदको सिर्जना गर्ने परिपाटीलाई चिर्नको लागि आफूले उम्मेदवारी दिएको भन्दै उनी पुरूष सत्ताबादी सोचलाई बदल्नको लागि आफूले पुरूषबादी सोचको घेरा नाघेको बताउँछिन। नेविसंघको लागि आफूले दूधे बालक छाडेर समेत जिल्ला दौडाहमा हिँडेको स्मरण गर्दै थपलियाले भन्छिन् सानो बच्चा बोकेर पनि नेविसंघमा सक्रिय राजनीति गर्नेको संघर्षको कदर सबै मतदाताले गर्नुभएको छ।