लोकमानसिंह कार्की नियुक्तिको फाइल झिकाउन आदेश

448 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

 

xlok,281,29.jpg.pagespeed.ic.TnmIIMS7KRकाठमाडौं -११,भदौ- सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीेको नियुक्तिको सक्कल फाइल झिकाउन आदेश दिएको छ ।

कार्कीको नियुक्तीविरुद्ध परेको रिट खारेजीको फैसला पुनरावलोकनको माग राखी परेको निवेदनको सुनुवाईका क्रममा सर्वोच्चको पूर्ण इजलाशले कार्कीसँग सम्बन्धित दुई महत्वपूर्ण फाइलको सक्कलप्रति मगाएको हो ।

न्यायाधीशहरु दीपककुमार कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलाशले २०६३ सालमा तत्कालिन मुख्य अधिकृत ९मुख्य सचिव० कार्कीमाथि सामान्य प्रशासन मन्त्रालयले सोधेको स्पष्टिकरणको सक्कल फाइल र उनलाई नियुक्त गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको हो ।

‘तत्कालीन मुख्य अधिकृत कार्कीलाई स्पष्टिकरण पेश गर्ने सम्बन्धमा लेखिएको सामान्य प्रशासन मन्त्रालयको २०६३ चैत ११ गेको पत्र सहितको सक्कल फाइल उक्त मन्त्रालयबाट झिकाउनु’ आदेशलाई उदृत गर्दै सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले भने, ‘कार्कीलाई अख्तियारको प्रमुख आयुक्त पदमा नियुक्त गर्ने सम्बन्धी निर्णयको सक्कल फायल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट झिकाई आएपछि कानूनबमोजिम गर्नु ।’

अदालतले कार्कीलाई सामान्य प्रशासनले सोधेको स्पष्टिकरण र उनको नियुक्तीको फाइल अध्ययन गर्नेछ । अध्ययनका आधारमा अदालती भाषामा ‘निस्सा हुनेरनहुने’ भनी पुनरावलोकनमा जानेरनजाने निर्णय हुनेछ । निवेदनको माग अनुसार तथ्य र प्रमाण पेश भएको लागेमा तीन न्यायाधिशको वृहत इजलाशले फेरी सुनुवाई थाल्नेछ ।

अध्ययनका आधारमा सर्वोच्चले यसअघि संयुक्त इजलाशको फैसला पुनरावलोकन गर्नेरनगर्ने निर्णय गर्नेछ । त्यतिबेलाको फैसलाले अख्तियारका प्रमुख आयुक्त कार्कीको योग्यतामा प्रश्न उठाई दायर भएको रिट खारेज गरिदिएको थियो । सक्कल फाइल अध्ययन गरी पुनरावलोकनको आदेश दिएमा कार्कीको नियुक्तीको बैधता र यसको फैसलाको औचित्यमाथि समेत फेरी न्यायिक परिक्षण हुनेछ ।
कान्तिपुर दैनिक