माओवादीभित्र चरम असन्तुष्टि, प्रभावशाली आठ जना पार्टी छाड्ने तयारीमा

520 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

700x467xmaobadi1.jpg.pagespeed.ic.qUzL-Hlu-0 काठमाडौ –१९ भदौ  ; सत्तासिन दल माओवादी केन्द्रभित्र चरम असन्तुष्टि बढेको छ । प्रचण्ड प्रधानमन्त्रीमा चुनिएपछि पार्टीका गतिविधि प्राय ठप्प बनेका छन् भने नेता कार्यकर्तामा असन्तुष्टि बढेको छ । पार्टी सरकारमा भएपनि नेता कार्यकर्ता बेरोजगार हुँदा असन्तुष्टि बढेको छ भने गुट, उपगुटको लडाइले पार्टीभित्र भद्रगोल भएको छ । मन्त्री हुन नपाएका, पीए हुन नपाएका र सरकारी निकायमा भर्ती हुन नपाएकाहरू खुलेआम पार्टी नेतृत्वलाई सत्तोसराप गर्दै हिडेका छन् । माओवादीका एक नेताले न्यूजसेवा डटकमलाई भने “ पार्टी यसरी भद्रगोल होला भनेर कसैले सोचेका थिएनन्, यस्तै पारा हो भने  यो पार्टीको साइज घट्ने मात्र होइन भवियष्यमा पार्टी नै के हुने हो भन्ने अन्यौल बढ्यो ” ।

पार्टी छाड्ने तयारीमा केही नेता 
माओवादीमा बढेको तिब्र असन्तुष्टिसँगै केही नेताहरू पार्टी नै छाड्ने तयारीमा लागेको स्रोतको दाबी छ । स्रोतका अनुसार कोहि नेता मन्त्री हुन नपाएर त कोही पार्टीमा भुमिका नपाएर पार्टी छाड्ने मनस्थितीमा पुगेका हुन् । कानुन मन्त्री हुन अस्विकार गर्दा अर्को मन्त्रालय नपाएका प्रभु शाह पार्टी छाड्ने तयारीमा रहेको बताइएको छ । यस्तै सुदुरपश्चिमका प्रभावशाली नेता खगराज भट्ट समेत पार्टी छाड्ने मनस्थितीमा रहेको स्रोतको दाबी छ । पार्टीभित्र उचित मुल्यांकन नभएको, इमानदारहरूले अवशर नपाएको, चाकडी गर्ने मन्त्री हुने, पार्टीको उच्च पदमा पुगेपनि इमानदारहरूको वास्ता नै नभएको भन्दै पार्टी त्याग्ने तयारीमा लागेको स्रोतको दाबी छ । यस्तै अमिक शेरचन,  टेकबहादुर बस्नेत, लिलामणी पोखरेल लगायतका नेता पनि पार्टीले वेवास्ता गरेको भन्दै पार्टी छाड्ने मनस्थितीमा पुगेको स्रोतको दाबी छ । पार्टीभित्र चलखेल गर्ने, चाकडी गर्नेहरूको मात्र बोलवाला भएको, इमानदार भएर बस्दा पार्टीभित्रै सौतेनी व्यवहार भएपछि पार्टी नै छाडेर समाजसेवामा लाग्ने तयारी गरेको बताइएको छ । स्रोत भन्छ पार्टी छाडेर अर्को पार्टीमा जाने अवस्था नभएको भन्दै यी नेता अन्य ढंगबाट समाजसेवा गर्ने तयारीमा रहेका छन् । हामीले यी मध्ये केही नेतालाई यसबारे बुझ्दा सन्तुष्ट नै नभएपनि पार्टी छाड्ने भन्ने कुरामा कुनै सत्यता नभएको प्रतिक्रिया दिए ।

एकता पछि झनै भद्रगोल
पार्टी एकता गरेको केही समयपछि प्रचण्ड बालुवाटार छिरेपछि माओवादी केन्द्रमा झनै भद्रगोल भएको छ । पार्टी एकताबाट आएकाहरूले कुनै महत्व नपाएको, पछि आएका भन्दै अर्कै व्यवहार हुने गरेको भन्दै कार्यकर्ताहरू असन्तुष्ट छन् । प्रचण्ड बालुवाटार पुगेपछि बादल समुहले छुट्टै भेला समेत गर्न थालेका छन् । बादलका पछिल्ला अभिव्यक्तिले पनि पार्टी भित्रका असन्तुष्टीको कुरालाई पुष्टि गर्छ । माओवादी कि जुर्मुराउँछ कि सकिन्छ भन्ने वादल पार्टी अब माथि उठ्न नसक्ने गरि धस्कीएको निचोडमा पुगिसकेका छन् । यता नारायाणकाजी श्रेष्ठ समुह त पछिल्लो समय झनै असन्तुष्ट बनेको छ । नारायणकाजी श्रेष्ठ लगायतका नेता पार्टी नछाडेपछि पार्टीमा भएको अनुभव नभएको भन्दै असन्तुष्टि पोख्दै हिडिरहेका छन् । प्रचण्डले सरकारमा बस्दा केही काम गरेर जनताको मन जित्ने प्रयास गरेपनि कर्मचारीतन्त्रको असहयोग, कडा प्रतिपक्ष, गठबन्धन सरकार लगायतका कारण कारण सफल नहुने र पार्टी भित्र पनि कार्यकर्तामा समेत चरम असन्तुष्टि बढेपछि पार्टीको अवस्था झनै दयनिय बनेको स्रोतको दाबि छ न्यूज सेवा डट कमले खबर लेखेको छ ।