एमालेको ३ नम्बर प्रदेश कमिटीमा धादिङ जिल्लाका ६ जना

489 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

download-6मुलुक संघीय संरचनामा गएपछि एमालेले आफ्नो पार्टीको संगठनलाई पनि संघीय ढांचामा परिणत गरेको छ । निकै लामो कसरतपछि आईतबार सातवटै प्रदेश कमिटीको पदाधिकारी र सदस्यहरुको नाम एमालेले सार्वजनिक गरेको हो ।
आईतबार सार्वजनिक गरिएको ३ नम्बर प्रदेश कमिटीमा धादिङ जिल्लाका ६ जना नेता परेका छन । अष्टलक्ष्मी शाक्य संयोजक र काशिनाथ अधिकारी सहसंयोजक रहेको प्रदेश कमिटी १ सय ११ सदस्यिय रहेको छ ।
कमिटीमा धादिङ जिल्लाका खेमप्रसाद लोहनी( केन्द्रिय सदस्य),भुमि त्रिपाठी ( जिल्ला अध्यक्ष),डाक्टर रामकुमार अधिकारी  राष्ट्रिय प्रतिनिधि परिषद सदस्य क्षेत्र नम्बर १,रामप्रसाद अधिकारी क्षेत्र नम्बर २ , नेत्रराज पौडेल क्षेत्र नम्वर ३ र अर्का राष्ट्रिय प्रतिनिधि परिषद सदस्य जानुका सिम्खडा परेका छन ।
संघीय संरचना अनुसार ३ नम्बर प्रदेशमा साविकको काभ्रे,दोलखा,सिन्धुपाल्चोक,काठमाण्डौं, भक्तपुर, ललितपुर,धादिङ,नुवाकोट,रसुवा,चितवन,मकवानपुर र सिन्धुली जिल्ला पर्दछन ।