कक्षा १२ को परीक्षाफल सार्वजनिक, ४८.१७ प्रतिशत उत्तीर्ण

546 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भक्तपुर, २७ भदौ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ ।

नतिजामा नियमिततर्फ एक लाख ७५ हजार ५९३ जना परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ जना परीक्षार्थी उतीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो ।

त्यसैगरी, आंशिकतर्फ एक लाख २३ हजार १८१ जना परीक्षार्थी सहभागी भएकामा ४८ हजार ७६३ जना परीक्षार्थी उतीर्ण भएको उहाँले जानकारी दिनुभयो । परीक्षामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत र आंशिकतर्फ ३९ दशमलव ५९ प्रतिशत परीक्षार्थी उतीर्ण भएका हुन् ।

परीक्षा उच्च माध्यमिक शिक्षा परिषद्ले गत वैशाख २० गतेदेखि ३१ गतेसम्म सञ्चालन गरेको परीक्षामा नियमितमा ३८ र आंशिकमा ३६ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

एक विषयसम्म फेल भएकाको मौका परीक्षा कात्तिक ६ गते हुने पनि उहाँले जानकारी दिनुभयो । कक्षा १२ को विज्ञान सङ्कायको परीक्षाफल भने यसअघि नै सार्वजनिक भइसकेको छ ।परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np, www.educationkhabar.com  मा हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ नम्बरमा डायल गरी तथा ४९४९ मा म्यासेज गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।