संविधान संशोधनलाई एमालेले साथ दिदैन’-नेकपा एमालेका सचिव योगेश भट्टराई

1613 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

०१ कार्तिक २०७३-नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मान्छेको स्वार्थका लागि संविधान संशोधनको प्रस्ताव ल्याइए एमालेले साथ नदिने बताएका छन् । आज प्रेस चौतारी नेपाल धादिङले धादिङबेशीमाआयोजना गरेको मिट द प्रेस कार्यक्रमलाई सम्वोधन गर्दै  भट्टराईले अहिले संविधान संशोधनको औचित्य पुष्टि गर्नुपर्ने बताए ।

yogesh-bhattaraiमधेसी दलहरुको माग अनुसार वर्तमान सरकारले संविधान संशोधनको तयारी गरिरहेको बेला एमाले सचिव भट्टराईको यस्तो भनाई आएको हो । अस्ती पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पनि यस्तै विचार राखेका थिए ।

मधेसलाई मात्र एकातिर राखेर संविधान संशोधन गरिए एमालेले विरोध गर्ने भट्टराईको भनाई थियो । नेपाली कांग्रेसले र माओवादी केन्द्रले राजनीतिक स्वार्थका कारण मात्र संविधान संशोधनको कुरा उठाएको बताउँदै उन भने, ‘यो उनीहरुको राजनीतिक चालबाजी मात्र हो ।’

नेता भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग बिबादस्पद सहमति गरेर गर्नै नहुने काम गरेको बताए । वर्तमान सरकार परराष्ट्र मामिलामा फेल भइसकेको पनि उनको भनाई थियो ।