नेपालीको सकृयतामा कोलोराडोमा १६ लायन्स क्लब बिच अन्तरकृया कार्यक्रम

960 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नातिबाबु भट्ट
कोलोराडो अमेरीका
अक्टोबर ३०, २०१६-नेपालीको सकृयतामा कोलोराडोमा गठित लङमन्ट हिमालयज लायन्स क्लबको आयोजनामा सनिबार ६ नर्थ ईष्ट डिष्ट्रक अन्तर्गत रहेका १६ लायन्स क्लवका पदाधिकारी बिच एक आपसमा अन्तरकृया कार्यक्रम सम्पन्न भयो ।
लङमन्ट स्थित स्थानीय एभरेष्ट रेष्टुरेन्टमा आयोजित कार्यक्रममा ६ नर्थ ईष्टका डिष्टक गर्भनर केन नोर, भ्वाईस डिष्ट्रिक गर्भनर डेबि डे, निवर्तमान डिष्टक गर्भनर केरोल ल्याम्वर्ट लगायत सबै क्लबका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

????????????????????????????????????
?

आयोजक लङमन्ट हिमालयज लायन्स क्लबका अध्यक्ष जोशन श्रेष्ठले सबैलाई स्वागत गरेपछि सुरुभएको कार्यक्रममा सबै क्लबहरुले एक बर्षको अबधिमा गरेको कामको प्रगती, कामगर्दा आईपरेका समस्या र चुनौती, समस्या समाधानका उपायहरु एक आपसमा सुनाएका थिए । बातावरण संरक्षण, दृष्टिबिहिनलाई सहगोग तथा समस्याको समाधान, शिक्षा र खानाको लागी बिश्वव्यापी सहयोग अभियान चलाउदै आएको लायन्सले देश्रो क्याबिनेट बैठकमा क्लबको अनुभब आदान प्रदान गरेको हो ।
सहभागी क्लबहरुले स्कूलमा बालबालिकाहरुको आखा जांच, चश्मा संकलन तथा बितरण , बृक्षरोपण, खाना बितरण, सदस्य बिस्तार, सहयोग संकलन, छात्रबृती बितरण, किताब संकलन, समुदाय बिस्तारमा सहयोग र क्लबको भावी योजना बारे सुनाएका थिए । यसै क्रममा आयोजक संस्था लङमन्ट हिमालयजले भुकम्प पिडीत मातृभुमी नेपालमा धेरै नेपाली दाजुभाईहरु अझै पालमुनी बसिरहेका र जाडो नजिकै आईरहेकोले सहयोगकोलागी जाकेट संकलन अभियान चलाएको, दुर्गम बिद्यालयमा अध्यनरत बाल बलिकाहरुको आंखा जाचगर्न सजिलो तथा बिशेष किसिमको क्यामरा नेपाल पठाउन लागेको, अमेरीकामा एक हजार भन्दा बढि बृक्षरोपण गर्ने, लियो बाल क्लब गठन गर्ने जस्ता संस्थाको भावी ओजना सुनाएको थियो ।
कार्यक्रममा आगामी जुन २०१७ मा चिकागोमा हुनलागेको लायन्सको सयौं अन्तराष्ट्रिय महासभामा सहभागी हुन रजिष्ट्रेशन गर्ने तरिका, होटल तथा ट्रेन कसरी बुक गर्ने तरिका तथा खर्च बिवरणको जानाकारी समेत गराईएको थियो ।