logo

निर्वाचन भन्दा मन्त्रिपरिषद् विस्तारमा सरकारको जोड,

559 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dGqLåosf] zky /fi6«klt ljBfb]jL e08f/Ln] /fi6«klt sfof{no zLtn lgjf;df laxLaf/ cfof]lht ljz]if ;df/f]xdf k|wfgdGqL k'iksdn bfxfn …k|r08Úsf] pkl:yltdf gjlgo'Qm vfg]kfgL tyf ;/;kmfO dGqL k|]daxfb'/ l;+x / dlxnf, afnaflnsf tyf ;dfh sNof0f dGqL s'df/ v8sfnfO{ kb tyf uf]kgLotfsf] zky v'jfpg'x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, ७ माघ-संविधानअनुसार ७ माघ २०७४ भित्र तीनवटै तहको निर्वाचन गर्नैपर्ने व्यवस्था रहे पनि सरकार र प्रमुख दलहरूको प्राथमिकतामा निर्वाचन पर्नै नसकेको पाइएको छ । छलफल र संवादलाई बाक्लो बनाइ निर्वाचन मिति घोषणा गर्नेतर्फ लाग्नुपर्नेमा शीर्ष नेताहरू झिना मसिना काममा समय बर्बाद गरेर निर्वाचनलाई ओझेलमा पार्न लागेका हुन् यो खबर हामिले राजधानी दैनिकबाट लिएका हौं ।

हरेक राजनीतिक दलले सभा, समारोह तथा भाषणमा निर्वाचनलाई राजनीतिक मुद्दा बनाए पनि उनीहरूले निर्वाचनका लागि आवश्यक कानुन पारित गर्ने र निर्वाचन मिति घोषणा गर्ने काममा कुनै चासो दिएका पाइएको छैन । राजनीतिक सहमति जुटाएर निर्वाचन मिति घोषण तथा आवश्यक कानुन पारित गराएर संविधान कार्यान्वयनको दिशामा दलहरू लाग्नुपर्नेमा सत्तारूढ तथा विपक्षी दलका शीर्ष नेताहरू आरोप–प्रत्यारोपमा उत्रने गरेका छन् । प्रमुख दलका हरेक राजनीतिक गतिविधिमा निर्वाचन गराउने विषयलाई मुद्दाका रूपमा उठाइए पनि निर्वाचन मिति घोषणाकै विषयमा भनेर सहमति जुटाउन अहिलेसम्म दलहरूले छलफलसमेत अगाडि बढाएका छैनन् । सरकारले पनि यस विषयमा कुनै चासो दिएको छैन । यस्तै, निर्वाचन कानुन पारित गराउनका लागि सबै दल सहमत देखिए पनि संसद्बाट प्रक्रिया अगाडि बढाएर पारित गराउन भने तीनै दल उदासीनजस्तै बनेका छन् ।

देशमा गम्भीर जटिलता रहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय समस्याभन्दा विदेश भ्रमणलाई प्राथमिकतामा राखेर संयुक्त अरब इमिरेटस (यूएई) को चारदिने भ्रमण सम्पन्न गरी शनिबार मात्र स्वदेश फर्किएका छन् । उनी स्वदेश फर्किएलगत्तै सत्तारूढ दल र विपक्षीबीचको छलफलभन्दा पनि मन्त्रिपरिषद् विस्तारमा लागेका छन् । सत्तारूढ दल निर्वाचन मिति घोषणा गर्नका लागि प्रतिपक्षी दललगायतसँग छलफल गरेर अगाडि बढ्नुपर्नेमा संविधान संशोधनका लागि दुई तिहाइ पु-याउन मन्त्रिपरिषद् विस्तारमा लागेको हो । साना एकसिटे दुई दल समेटेर बिहीबार मात्र मन्त्रिपरिषद् विस्तार गरेको सरकारले पुनः राप्रपा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउन छलफल गरिरहेको छ । सत्तारूढ दलको ध्यान यतिबेला निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जसरी पनि संविधान संशोधनका लागि दुई तिहाइ मत जुटाउन लागेको पाइएको छ । सरकारले निर्वाचनमा सबैको सहभागिता गराउनकै लागि संशोधनमा लागेको जनाएको छ । तर, निर्वाचनको तयारी भने शून्यजस्तै देखिन्छ ।

प्रधानमन्त्री दाहालको सचिवालय मधेसी मोर्चालाई बाहिर राखेर निर्वाचन गर्न असम्भवजस्तै भएकाले उसलाई पनि सहमतिमा ल्याएर निर्वाचन गर्नकै लागि सरकारले संविधान संशोधनको विषय अगाडि बढाएको दाबी गर्छ । कानुनमन्त्री अजयशंकर नायक सबैको सहमतिबिना निर्वाचन सम्भव नभएकाले नै सहमतिको वातावरण निर्माणका लागि नै सरकारले संशोधन प्रक्रिया अगाडि बढाएको बताए । संसद्को पहिलो ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मोफसलमा हुने सभा, समारोहको उद्घाटनमा समय खर्चिरहेका छन् । जारी राजनीतिक गतिरोध अन्त्य गरेर निर्वाचन मिति घोषणा र निर्वाचन कानुन पारित गराउन महŒवपूर्ण भूमिका खेल्नुपर्नेमा देउवाले समेत चासो दिएका छैनन् ।

सरकारमा रहेका अन्य दलका नेता त खासै भूमिकामा नरहेको जस्तो व्यवहार गर्न थालेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि बैठक तथा सभा, समारोहमा निर्वाचन मितिको विषयलाई उठाउने गरे पनि निर्वाचन कानुन र निर्वाचन मिति घोषणाकै लागि भनेर गम्भीर ढंगले अगाडि बढेको छैन । एमाले नेताहरू सरकारले निर्वाचन मिति घोषणा गर्नुपर्नेमा उल्टै निर्वाचन मिति नतोकेर निर्वाचन भाँड्नेमा सरकार लागेको आरोप लगाउँछन् । तर, एमालेले पनि छलफल र सहमतिबाट देशको निकास खोज्नभन्दा सभा, समरोह तथा विरोधसभालाई केन्द्रमा राखेको छ । केही समयअघि राजधानीमा विशाल जनप्रदर्शन गरेको एमाले आफ्नो शक्ति विस्तार गर्दै अघि बढ्न पुनः मधेसमा सभा गर्ने तयारीमा जुटेको छ ।

मधेसी मोर्चा त निर्वाचन भन्नासाथ तर्सिने अवस्थामा देखिएको छ । संविधान कार्यान्वयनका लागि निर्वाचनको विषयलाई भन्दा सीमांकन हेरफेर गरी आफू कसरी जित्न सकिन्छ भन्नेमै मधेसी नेता केन्द्रित देखिएका हुन् । सत्तारूढ कांग्रेस, नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्ष एमालेको उदासीनता र निर्वाचनको नाममै तर्सिने मधेसी मोर्चाका कारण निर्वाचन मिति अन्योलमा परेको हो । दलहरू उदासीन बन्दा संविधान कार्यान्वयनसमेत अनिश्चिततातिर धकेलिँदै गएको छ ।

कानुनमन्त्री नायक मोर्चा पनि आफ्ना मागबाट एक स्टेप पछाडि हट्ने र एमाले पनि आफ्नो हठबाट अलिकति पछाडि हटे तत्काल सहमति जुट्ने दाबी गर्छन् । ‘अहिले दुई किसिमको अतिवाद देखियो, मधेसी मोर्चा र एमाले एक–एक स्टेप पछाडि हटे सहमति जुट्छ,’ मन्त्री नायकले भने, ‘संविधान संशोधन पनि हुन्छ, निर्वाचन मिति पनि घोषणा हुन्छ, कानुन पनि पारित हुन्छ ।’


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic