logo

भागबन्डामा १४ देशका लागि राजदूत सिफारिस

594 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

meeting-625x405सरकारले स्पेनमा राजदूतावास खोल्ने गरी १४ देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक भागबन्डाका आधारमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । राजदूत नियुक्तिका लागि सिफारिस भएकामध्ये कांग्रेसका तर्फबाट ६, माओवादी केन्द्रका तर्फबाट ४, राप्रपा ३ र तराई मधेस लोकतान्त्रिक पार्टीका तर्फबाट एकजना परेका छन् ।

कांग्रेसको कोटाबाट बंगलादेशका लागि राजदूतका रूपमा त्रिवि शिक्षण अस्पतालका नाककानघाँटी रोग विशेषज्ञ डा. चोपलाल भुसाल सिफारिस भएका छन् । उनी कांग्रेस नेतृ तथा पूर्वसभासद् पुष्पा भुसालका श्रीमान् हुन् ।

कांग्रेसकै कोटाबाट गैरआवासिय नेपाली संघ (एनआरएन) का पूर्व उपाध्यक्ष भीम उदास म्यानमार, अर्थशास्त्री विश्वम्भर प्याकुरेल श्रीलंकाको लागि राजदूतका रूपमा सिफारिस भएका छन् । यसैगरी, कांग्रेसकै कोटाबाट दक्षिण कोरियाका लागि पूर्वपरराष्ट्र राज्यमन्त्री अर्जुनजंगबहादुर सिंह, कतारका लागि रमेशप्रसाद कोइराला र युनाइटेड अरब इमिरेट्सका लागि म्यानपावर व्यावसायी आशा लामा राजदूतका रूपमा सिफारिस भएकी छन् राजधानी दैनिकमा खबर छ ।

माओवादी कोटाबाट अस्ट्रेलियाका लागि सिफारिस भएकी लक्की शेर्पा पूर्वसभासद् हुन् । पहिलो संविधानसभा निर्वाचनमा एमालेबाट सभासद् भएकी शेर्पा दोस्रो संविधानसभाको निर्वाचन अगाडि माओवादीमा प्रवेश गरेकी थिइन् । त्यस्तै, राइजिङ नेपालका पूर्वसम्पादक युवनाथ लम्साल डेनमार्कका लागि राजदूतका रूपमा सिफारिस भएका छन् ।

त्रिविका लागि पूर्वरजिस्ट्रार महेन्द्रसिंह साउदी अरेबिया र राज्य पुनःसं‌रचना आयोगका पूर्वअध्यक्ष पदम सुन्दास बहराइनका लागि राजदूतका रूपमा सिफारिस भएका छन् । सुन्दास दलित अधिकारकर्मीसमेत हुन् । माओवादी कोटाबाट सिफारिस भएका चारैजना एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका बेला पनि सिफारिसमा परेका थिए । सरकार परिवर्तनसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले अघिल्लो सरकारको सिफारिस बदर गरेको थियो ।त्यसैगरी, राप्रपाको कोटाबाट निरञ्जन थापा इजरायल, प्रतिभा राणा जापानका लागि सिफारिस भएका छन् । राप्रपाबाटै नयाँ खोलिने स्पेनका लागि भरत रायमाझीलाई सिफारिस गरिएको छ ।

राप्रपाको कोटाबाट सिफारिस भएकी राणा कांग्रेस सभापति शेरबहादुर देउवाकी सासू हुन । त्यस्तै, स्पेनका लागि सिफारिस रायमाझी पूर्वसैनिक अधिकारी हुन् । थापा पूर्वकानुनमन्त्री हुन् ।यसअघि राप्रपा नेपालको कोटाबाट सिफारिस भएका खगेन्द्र बस्नेत भने यसपटक पर्न सकेनन । राप्रपा र राप्रपा नेपाल एकीकरण भएपछि बनेको राप्रपाले भागबन्डामा तीनजना पाए पनि उनको स्थानमा राप्रपाबाट राणालाई नियुक्तिको सिफारिस गरिएको छ ।

त्यस्तै, फोरम लोकतान्त्रिक पार्टीको कोटाबाट शर्मिला पराजुली ढकाल सिफारिस भएकी छन । उनलाई ओमानका लागि राजदूतका रूपमा सिफारिस गरिएको हो । ढकाल मेनपावर व्यवसायी हुन् ।

गत वैशाखमा केपी ओली नेतृत्वको सरकारले २२ देशका लागि राजदूतहरू नियुक्तिको सिफारिस गरेको थियो, जसमा आठजना परराष्ट्र सेवाबाट नियुक्ति भएका थिए । संसदीय सुनुवाइ हुन नपाएका राजनीतिक भागबन्डाका आधारमा नियुक्तिका लागि सिफारिस भएका १४ जनाको सिफारिस दाहाल नेतृत्वको सरकारले बदर गरेको थियो ।

त्यसमध्ये दाहाल नेतृत्वको सरकारले चीनका लागि पूर्वमुख्यसचिव लीलामणि पौडेललाई राजदूतका रूपमा सिफारिस गर्ने निर्णय गरेको थियो । उनले गत असोजमै चीनका लागि राजदूतका रूपमा जिम्मेवारी सम्हालिसकेका छन् ।

त्यस्तै, तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारको पालामा राजदूतावास नभएका ओमन र बहाराइनमा राजदूत पठाउने निर्णय भए पनि अहिलेसम्म नियुक्ति हुन सकेको थिएन । लामो समयदेखि राजदूत नियुक्ति हुन नसक्दा नेपालको कूटनीति दूतावासका कर्मचारीको भरमा चल्दै आएको छ ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic