भोटर लिष्टमा तपाईको नाम छ कि छैन ?

2003 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nirbachan-ayog.jpg
काठमाडौं– सरकारले घोषणा गरेको स्थानिय निकायको निर्वाचनको महोल तातिदै गएको छ । चुनाव नजिकिदैँ गर्दा गाँउघरमा भने चुनावी महोल बनिसकेको छ । सरकारले २० वर्षपछि ३१ वैशाख ०७४ का लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ ।  देशभर एकै चरणमा निर्वाचन गर्नेगरी मिति घोषणा गरेको सरकारले चुनावी प्रक्रिया पनि तिव्र पारेको छ ।  निर्वाचन आयोगले फागुन ९ गतेसम्ममा  १८ वर्ष उमेर पुगेका बालिगहरुलाई मात्र स्थानीय निर्वाचनमा भोट हाल्न पाउने निर्णय गरेको छ।

आयोगले फाल्गुन १०, २०७३ बाटै निर्वाचनको प्रयोजनको मतदाता नाम दर्ता प्रक्रिया पनि प्रक्रिया समेत बन्ध गरेको छ  । तर तपाईको नाम भोटरलिष्टमा नभएको खण्डमा तपाईले न उम्मेदवार बन्न पाउनुहुन्छ न भोट हाल्न नै ।

तपाईले आफ्नो नाम भोटरलिष्टमा भए नभएको थाहा पाउनका लागी अनलाइनबाटै कोसिस गर्न सक्नुहुन्छ । हामी तपाईलाई निर्बाचन आयोगले सार्वजनिक गरेको भोटरलिष्ट दिईरहेका छौं ।

स्थानीय तहको निर्वाचनको कार्यतालिका
वैशाख ३१ गते घोषणा गरेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित समेत प्रकाशित गरेको छ। स्थानीय तह निर्वाचन २०७४ को कार्यतालिका अनुसार आगामी बैसाख १६ गतेबाट निर्वाचनका लागि उम्मेद्वारहरुको मनोनयन दर्ता सुरु हुने छ।

वैशाख १६ गते उम्मेदवारी मनोनयको समय दिएको छ। संविधानको धारा २६९ बमोजिम निर्वाचन आयोगमा १ सय १० दल दर्ता छन्। तिनीहरुले स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गर्न चाहे वैशाख १६ गते गर्नुपर्नेछ।
त्यसका लागि गाउँपालिका र नगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारीको मनोनयन दर्ता गराउने व्यवस्था आयोगले मिलाउने छ।

त्यसरी दर्ता गरेको उम्मेद्वारीको सूची आयोगले त्यही दिन साँझ पाँच बजे प्रकाशित गर्ने छ। मनोनयन उपर १७ गते जाँचबुझ गरी १८ गते अन्तिम नामावली प्रकाशन गर्ने र १९ गते दलहरु तथा स्वतन्त्रलाई चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ । बैशाख ३१ गते विहान ७ बजे देखि साँझ ५ बजेसम्म आयोगले मतदानका लागि समय तोकेको छ।
यो लिङकमा जानुस् र केही त्रुटि भए नभएको हेर्नुहोस्–

यहाँ क्लिक गर्नुहोस् र हेर्नुहोस् आफ्नो विवरण