यस्तो बन्ने भो गल्छी गाउँ पालिकाको स्वरुप

2358 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

17103318_10208408439039072_1322489110460403484_nनयाँ संरचना अनुसार साविकको बैरेनी र कल्लेरी गाविसको सबै वडा र गोगनपानी गाविसको १ देखि ४ सम्म र ९ नम्बर वडाको भुभागलाई समेटेर प्रस्ताव गरिएको गल्छी गाँउ पालिकाको क्षेत्रफल१२९.०८ वर्ग किमि रहेको छ । साविकको बैरेनी गाविसको कार्यालयलाई केन्द्र तोकिएको गल्छी गाँउ पालिकाको कुल जनसंख्या २७ हजार ७ सय ८४ रहेको छ ।
पुर्वमा थाँक्रे गाउंपालिका र नुवाकोट जिल्ला, पश्चिममा गजुरी र सिद्धलेक गाउँ पालिका,उत्तरमा नीलकण्ठ नगरपालिका र नुवाकोट जिल्ला र दक्षिणमा गजुरी र थांक्रे गाउँ पालिका तथा मकवानपुर जिल्ला सिमाना रहेको गल्छी गाउँ पालिकामा जम्मा ८ वडा रहने भएको छ ।
यस गाउँ पालिकाको वडा र जनसंख्या यस प्रकार रहेको छ । साविकको कल्लेरी गाविसको १ देखि ३ नम्बर वडालाई समेटेर गाउँ पालिकाको १ नम्बर वडा वनाईएको छ जस्मा ३ हजार ६ सय ८९ जनसंख्या रहेको छ ।
कल्लेरी गाविसको ४ देदि ६ नम्बर वडालाई गाउँ पालिकको २ नम्बर वडा तोकिएको छ । यस वडामा ३ हजार ३ सय ७८ जनसंख्या रहेको छ । कल्लेरी गाविसकै ७ देखि ९ नम्बर वडा अव गल्छी गाउँ पालिकाको ३ नम्बर वडा हुनेछ यस वडामा १ हजार ७ सय ८५ जनसंख्या रहेको छ ।
बैरेनी गाविसको १,३ र ७ नम्बरलाई मिलाएर बनाईएको ४ नम्बर वडामा ३ हजार ६ सय १६ जनसंख्या रहेको छ । यसै गरी बैरेनी गाविसको २,४,५ र ६ नम्बर वडालाई मिलाएर ५ नम्बर वडा बनाईएको छ । यस वडाको जनसंख्या ३ हजार ५ सय ७९ रहेको छ । कुल २ हजार ७ सय ९३ जनसंख्या रहेको बैरेनी गाविसको ९ नम्बर वडालाई गाउँ पालिकाको ६ नम्बर र ३ हजार ३ सय ३१ जनसंख्या रहेको बैरेनी ८ नम्बरलाई गाउं पालिकाको ७ नम्बर वडा वनाईएको छ भने गोगनपानी गाविसको १,२,३,४ र ९ नम्बर वडालाई मिलाएर ८ नम्बर वडा तोकिएको छ । ८ नम्बर वडाको जनसंख्या ३ हजार ४ सय ३४ रहेको छ ।