गाउँपालिका कार्यालय नसार्न सांसद गुरु वुर्लाकोटीको लिखित आग्रह

1254 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

17264636_1481638015202206_9192352043500712177_nधादिङ – गाउं पालिकाको संरचना निर्माण गर्दा तोकिएका केन्द्रलाई वेवास्ता गरी सरकारले तत्कालका लागि नयाँ केन्द्र तोकेर कार्यान्वयनका लागि राजपत्रमा सूचना प्रकाशित गरेपछि यस बिषयमा निकै टिका टिप्पणी शुरु भएको छ ।
गाउं पालिका घोषणा हुंदा जिल्लाको ११ गाउं पालिकाहरु रुवी भ्याली गाउं पालिकाको केन्द्र सेर्तुङ गाविसको वडा नम्बर ९ आवुई तोकिएकोमा राजपत्रमा सेर्तुङ गाविस,खनीयाबासको केन्द्र दार्खा ३ कुरी भनिएकोमा अहिले दार्खा गाविस भवनलाई तोकिएको छ भने नेत्रावतीको सेमजोङ गाविस तिखाढुंगाको ठाउँमा सेमजोङ गाविस भवनलाई तोकेर राजपत्रमा प्रकाशित भएको छ ।
त्यसै गरी गंगाजमुनाको केन्द्र फुलखर्क ३ वलौटा भनिएकोमा अहिले फुलखर्क गाविस भवन,ज्वालामुखीको चैनपुर ९ सांध भन्ज्याङ तोकेकोमा राजपत्रमा चैनपुर गाविस भवनलाई केन्द्र तोकिएको छ । सिद्धलेकको केन्द्र सलाङ गाविसको बुङचुङ तोकिएकोमा अहिले सलाङ गाविस भवन कमलावारीलाई केन्द्र तोकिएको छ भने वेनिघाट रोराङको बिशालटार केन्द्रको ठाउँमा अहिलेलाई केन्द्र वेनिघाट गाविस भवनलाई तोकिएको छ । गल्छीको डल्टार केन्द्र तोकिएपनि अहिलेलाई बैरेनी गाविस भवन,थांक्रेको महादेववेसीको साटो हाप्सेचौर र धुनीवेसी नगरपालिकाको केन्द्र नौविसे ४ जुगेडी तोकिएको मा अहिलेलाई नौविसे गाविस भवन खानीखोलालाई केन्द्र तोकिएको छ ।
जिल्लाको गजुरी गाउँ पालिका र नीलकण्ठ नगरपालिकाको यस अघि तोकिएको केन्द्रनै कायम रहेको छ । गजुरीको गजुरी गाविस भवन र नीलकण्ठ नगरपालिकाको धादिङबेसीलाई केन्द्र तोकिएको थियो ।
स्थानीय तह निर्वाचनको लागि गरिनुपर्ने तयारी तथा अन्य दैनिक कार्य संचालन गर्न हालका लागि केन्द्र तोकिएको गाविसको भवनलाई सम्पर्क कार्यालयको रुपमा तोकिएको र निर्वाचन पछि गठन हुने स्थानीय निकायका जनप्रतिनिधिहरुले केन्द्रको बिषयमा अन्तिम निर्णय गर्न पाउने छन ।
बिशेष गरी जिल्लाको चैनपुर गाविसको केन्द्र सांध भन्ज्याङबाट सालवास लगिनुमा सांसद गुरुप्रसाद वुर्लाकोटीको हात रहेको भन्दै उहाँको चरित्र हत्या हुने खालका प्रचार वाजी हुन थालेपछि सांसद बुर्लाकोटीले सोमवार स्थानीय विकास अधिकारीलाई पत्र लेखि यस अघि तोकिएका केन्द्र कायम गर्न लिखित आग्रह गर्नु भएको हो ।
अस्थायी रुपमा तोकिएको केन्द्रका बिषयमा राजपत्रमानै प्रकाशित भएकाले जिल्लाले कुनै हेरफेर र फेरवदल गर्न नमिल्ने धादिङका स्थानीय विकास अधिकारी जिवलाल भुसालले वताउनुभएको छ । राजपत्रमा सच्चिएर आएमा सोही अनुसार कार्यान्वयन गर्न सकिने उहाँको भनाई छ । निर्वाचन सम्वन्धी तयारी र अन्य दैनिक प्रशासनिक कार्य संचालन गर्नका लागि भन्दै गाउँ पालिकाको केन्द्र तोकिएको गाविस कार्यालय भवनलाई गाउँ केन्द्र तोकिएपछि केही राजनैतिक व्यक्ति र अन्य समूह यो बिषयलाई राजनैतिक मुद्धा कसरी वनाउने भनेर लाग्न थालेपछि धादिङ क्षेत्र नम्बर २ का सांसद गुरुप्रसाद वुर्लाकोटीले जिल्ला समन्वय समितिको कार्यालय धादिङलाई पत्र लेखि गाउं पालिका घोषणा हुंदाको केन्द्र अन्यत्र नसार्न आग्रह गर्नु भएको छ । धादिङ क्षेत्र नं. २ का सांसद बुर्लाकोटीले सोमबार धादिङका स्थानिय विकास अधिकारीलाई पत्र लेख्दै जिल्ला स्थित राजनीतिक संयन्त्रले सहमति गरेको गाउँपालिका कार्यालय हेर फेर नगर्न आग्रह गर्नु भएको हो ।सार्वजनिक रुपमा  सांसद वुर्लाकोटीको चरित्र हत्या हुने गरी टिका टिप्पणी हुन थालेपछि उहाँले पत्र मार्फत यस बिषयमा स्थानीय विकास अधिकारीको ध्यानाकर्षण गराएपछि गलत आरोप लगाउनेहरुलाई गतिलो झापड मिलेको छ ।