आगामी निर्वाचनमा कुन पार्टीको चुनाव चिन्ह कति नम्बरमा ?
1272 पटक पढिएको

काठमाडौं : निर्वाचन आयोगले व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने विभिन्न २६ दललाई चुनाव चिन्ह प्रदान गरेको छ। २६ दललाई हाल व्यवस्थापिका संसदमा प्रतिनिधत्व गर्ने दलको हैसियतमा सम्बन्धित दलको निर्वाचन चिन्ह प्रदान गरेको निर्वाचन आयोगले बताएको छ।
संविधानसभा सदस्य निर्वाचन २०७० मा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत संविधान सभामा ३० राजनीतिक दलले प्रतिनिधित्व गरेका भए पनि निर्वाचन आयोगले २६ दललाई मात्र चुनाव चिन्ह प्रदान गरेको छ। जसमध्ये नेवाःपार्टी निर्वाचन आयोगमा दर्ता भएको छैन।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता भइसकेको छ। सँगै मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकृत भएर संघीय समाजवादी फोरम नेपाल भएको छ भने समाजवादी जनता पार्टी निर्वाचन आयोगको खारेजमा परेको छ।
निर्वाचन आयोगले प्रदान गरेको चुनाव चिन्हमा नेपाली कांग्रेसको रुख पहिलो नम्बर, एमालेको सूर्य दोस्रो नम्बर, माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा तेस्रो नम्बर, राष्ट्रिय प्रजातन्त्र पार्टीको गाई चौथो नम्बर, संघीय समाजवादी फोरम, नेपाल हातले समातेको मसाल पाँचौ नम्बर, मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) नमस्कार गरेको हात ६ नम्बर, तराई मधेस लोकतान्त्रिक पार्टी जोडा गोरु सात नम्बर, सद्भावना पार्टी तीर आठ नम्बर, नेपाल कम्युनिस्ट पार्टी हँसिया र तारा नौ नम्बर, राष्ट्रिय जनमोर्चा गिलास १० नम्बर, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) हँसिया ११ नम्बर, राष्ट्रिय मधेस समाजवादी पार्टी साइकल १२ नम्बरलगायत रहेका छन् । थप पार्टीका नाम र चुनाव चिन्ह हेर्नुहोस् :
-अन्नपूर्ण पोष्टबाट
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
६ चैत्र २०७३, आईतवार १६:५९ मा प्रकाशित