आयोगले निर्णय नसच्याए राप्रपा अदालत जाने– उपाध्यक्ष तामाङ

755 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

IMG_7367

धादिङ,६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राज्य र राजतन्त्रलाई नछाड्ने पार्टीका केन्द्रिय उपाध्यक्ष बुद्धिमान तामाङले वताउनु भएको छ । पार्टीको जिल्ला समिति धादिङले आईतबार धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा तामाङले सो कुरा वताउनु भएको हो । राप्रपा धादिङको आयोजनामा भएको जिल्ला स्तरीय कार्यकर्ता भेला पछि पार्टीले पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजतन्त्र र हिन्दु राज्य विधानमा राख्न नपाउने निर्वाचन आयोगको निर्णयले पार्टीको संवैधानिक हक हनन भएको दावी गर्दै राप्रपाले निर्णय नसच्चिए आन्दोलनमा उत्रने पार्टीका केन्द्रिय उपाध्यक्ष बुद्धिमान तामाङले चेतावनी दिनुभयो ।
निर्वाचन आयोगले राप्रपाको विधानमा राजतन्त्र र हिन्दु राज्य राख्न नमिल्ने भन्दै सच्चाईदिएपछि राप्रपाले उक्त निर्णय गलत भएको भन्दै विरोध गरेको छ । आयोगको निर्णयबाट नेपालको संविधानको मौलिक हकको ठाडो उल्लंघन भएकाले उक्त निर्णय तत्काल सच्याउनु पर्नेमा उपाध्यक्ष तामाङले जोड दिनु भयो । आयोगले आफ्नो निर्णय नसच्याए पार्टीले कानूनी उपचारको खोजी गरी अदालतबाट संवैधानिक हक लिई छाड्ने तामाङले वताउनु भयो । पत्रकार सम्मेलनमा पर्यटन राज्य मन्त्री परशुराम तामाङ र राप्रपाका केन्द्रिय सदस्य एवम पुर्व मन्त्री ठाकुर शर्मा उपस्थिति रहेको थियो ।