logo

राप्रपा छाडेका लोहनीले खोले एकीकृत राप्रपा (राष्ट्रवादी)

679 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, १६ चैत

 राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संग पार्टी एकीकरण भएपछि गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह हलोको साटो गाईलाई कायम गर्ने पार्टीको निर्णय प्रति  असहमती राख्दै पार्टी छाडेका पुर्वमन्त्री डाक्टर प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी खोलेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनपछि राप्रपा परित्याग गरेका डा. लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को घोषणा गरेका हुन् ।

डा.लोहनीले बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरेर नयाँ दल एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) घोषणा गरेका हुन । दर्शन समावेशी राष्टिययता बहुलवादी प्रजातन्त्र र प्रगतिशिल उदारवादको दर्शनका आधार पार्टी अघि बढ्ने पार्टीले जनाएको छ ।

राप्रपा महाधिवेशनको एक महिना पनि बित्न नपाउँदै २९ फागुनमा लोहनीले राप्रपा परित्यागको घोषणा गरेका थिए । मुलुकमा राष्ट्रिय एकता कायम गर्दै सम्मुन्नत दिशातर्फ अग्रसर बनाउने उद्धेश्यका साथ नयाँ पार्टी गठन गरेको लोहनीले बताए । ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सर्वधर्म सापेक्ष हिन्दु राष्ट्रिय पहिचान कायम गर्ने लक्ष्य पार्टीले लिएको छ,’ पार्टी घोषणा कार्यक्रममा लोहनीले भने ।

पार्टीले समोवशी राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र संसदबाट अनुमोदित संवैधानिक राजतन्त्रको एजेण्डालाई अगाडि सारेको उनले जानकारी दिए ।

नेपालको धर्म तथा सांस्कृतिक पहिचानमा निरन्तर बढ्दै गएको अतिक्रमण, भ्रष्टाचार, सत्ताको दुरुपयोग, बढ्दो बेरोजगारी र आर्थिक सिथिलताप्रति सरकार सम्वेदनशील बन्न नसक्दा जनता इमान्दार दलको खोजीमा रहेको भन्दै उनले सबै समस्या समाधानका लागि पार्टी निर्माण गरिएको बताए ।

नयाँ पार्टीको केन्द्रीय कमिटी ७१ सदस्यीय घोषणा गरिएको छ । जसमा वरिष्ठ नेतामा केशरबहादुर विष्ट तोकिएका छन् भने अन्य सबै केन्दीय सदस्य रहेको प्रेस संयोजक महेश्वर रोकाले जानकारी दिए ।

चुनाव चिन्हका विषयमा भने राप्रपा एकीकरण अभियान सुरु भएदेखि नै हलो राखिनु पर्ने मत व्यक्त गर्दै आएका लोहनीले ‘हलो’ नै रोजेका छन् । रोकाले निर्वाचन आयोगमा चुनाव चिह्न हलो माग गरिएको र आयोगले हलो चुनाव चिह्नसहित निर्वाचनमा पार्टीलाई सहभागी हुने अवसर दिनुपर्ने बताए ।

दल दर्ताका लागि आयोगमा निवेदन

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । बुधबार आयोगको केन्द्रीय कार्यालय पुगी डा. प्रकाशचन्द्र लोहनी आफैंले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दर्ता गराएका हुन् । लोहनीले चुनाव चिन्ह ‘हलो’ माग दाबीसहित बुधवार निर्वाचन आयोगमा दल दर्ता गराएका हुन् ।

दल दर्ताको निवेदन लिएर बुधबार निर्वाचन आयोग पुगेका लोहनीले पार्टी एकता हुँदा जुन किसिमको आशा र अपेक्षा थियो, त्यो पूरा हुन नसकेपछि मुलुकको हितका लागि नयाँ पार्टी गठन गरेको बताए ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic