नीलकण्ठ नगरपालिका मेयरमा काँग्रेसबाट ६ जनाको चर्चा

685 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बैशाख ३१ को मिति जति नजिक नजिक आउंदैछ,चुनावी माहौल पनि त्यतिकै तात्दैछ । अबको नेत्तृत्व कस्ले गर्ला धेरैको चासोको बिषय पनि बनेको छ । चुनाव जित्नु पर्ने वाध्यता त हरेक दलमा छँदैछ, चुनावमा जानका लागि टिकट कस्ले पाउने भन्नेमा पनि दल भित्रै रस्साकस्सी शुरु भईसकेको छ ।

         धादिङ जिल्लाको सदरमुकाम समेत रहेको नीलकण्ठ नगरपालिकामा मेयर पदका लागि कस्ले टिकट पाउला भन्ने छलफल शुरु भएको छ ।नीलकण्ठ नगरपालिकामा जिल्लाको नीलकण्ठ, साङकोष,सुनौलावजार,मुरलीभञ्ज्याङ, खाल्टे,ज्यामरुङ र धुंवाकोट गाविस समेटेएिका छन । कुल ३३ हजार १ सय मतदाता रहेको यस नगरपालिकामा नेपाली कांग्रेस,नेकपा एमाले र मओवादी केन्द्र तीन वटै दलले आंफुहरु बलियो रहेको दावी गर्ने गरेका छन ।
नगरपालिका भएका यि गाविसहरुमा २०५४ सालको स्थानीय निर्वाचनमा नीलकण्ठ,साङकोष,मुरलीभञ्ज्याङमा नेपाली कांग्रेस,खाल्टे,ज्यामरुङ, सुनौलवजार र धुंवाकोट गाविसमा एमालेका अध्यक्षहरु विजयी भएका थिए ।

three-party-newsसरकारले तय गरेको स्थानीय तहको निर्वाचनको लागि अन्यत्र जस्तै राजधानीको छिमेकी जिल्लामा पनि निर्वाचनको माहोल तातेको छ । धादिङ जिल्लाको सदरमुकाम समेत रहेको नीलकण्ठ र धुनीबेसी सहित दुई नगरपालिका रहेको जिल्लामा अहिले नगरपालिका र गाउँपालिकामा समेत चुनावी माहोल चुलिएको छ । अहिले मुख्य दलहरुले स्थानीय तहको निर्वाचन आफ्नो कब्जामा ल्याउनको लागि विभिन्न किसिमका रणनीतिक भेला तथा बैठकहरु समेत आयोजना गर्न थालेका छन् । अहिले मुख्य तीन दल भित्र टिकट पाउनको लागि आफ्नै दल भित्र संघर्ष सुरु भएको छ । नीलकण्ठ नगरपालिकाको हकमा भने मुख्य दुई दलबीच आफूभित्रै टिकट पाउनको लागि दौडधुप देखिएको छ । टिकट आफूले नपाएको खण्डमा वागी उम्मेदवारी दिनेसम्मको चेतावनी समेत एकले अर्कालाई दिन थालेका छन् ।

नगरपालिकाको मेयरको लागि नेपाली काँग्रेसको तर्फबाट ६ जना आकांक्षीहरुको नाम चर्चामा आएको छ । जसमा नारायण श्रेष्ठ, झम्क नारायण श्रेष्ठ र गोविन्द लम्सालको नाम चर्चामा छ । त्यस्तै नन्द प्रसाद रिजाल, दीपक कोइराला र रामकृष्ण अधिकारीको नाम पनि मेयरको रुपमा चर्चामा छ ।