गाउँगाउँमा चुनावी सरगर्मी बढ्दै

576 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

स्थानीय निकायको निर्वाचन नजिकिदैँ गर्दा धादिङको सिद्धलेक गाउँपालिकामा उम्मेद्वारको आकांक्षीहरुका बीच प्रतिस्पर्धा बढिरहेको छ । 17622005_1898467240409931_7489087758078229778_oयसैबिच नेपाली कांग्रेसको तर्फबाट उक्त गाउँपालिकामा शालिग्राम सिल्वाल,बासु तिमिल्सिना, भीमकान्त सिल्वाल, हरि नेपाल लगायत रामशरण गिरी उम्मेद्वारीको प्रतिस्पर्धामा छन् । स्थानीय युवाहरुबिच लोकप्रिय नेता रामशरण गिरिलाई नै गाउँपालिका अध्यक्षको उम्मेद्वार बनाउनु पर्ने कुरा स्थानीय युवा उमेश घलेले बताउनुभयो । त्यसैगरी प्रेम घले, रुद्र बहादुर गिरि लगायतका कार्यकर्ता पनि गिरिलाई उम्मेद्वार बनाउने पक्षमा रहेका छन् ।
नेपाली कांग्रेसको हालै सम्पन्न केन्द्रिय कार्यसमितिले गाउँ, नगरपालिकाको टिकट वितरणको जिम्मेवारी सम्बन्धित क्षेत्रीय कार्यसमितिलाई सुम्पिएको र स्थानीय निकायमा युवा पुस्तालाई अघि सार्नुपर्ने व्यापक दवाव कांग्रेस भित्र रहेकोले सिद्धलेक गाउँपालिका प्रमुखमा युवाहरुको रोजाइमा नेता गिरि परेका हुन् ।