ज्वालामुखी गाउँ पालिकाअध्यक्षमा बलवहादुरको सामरीको दावी

1142 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

17264653_10202804811398352_6907954511617041325_nसफल पर्यटन व्यवसायीका रुपमा परिचित धादिङ मैदीका बलबहादुर सामरीले ज्वालामुखी गाउँ पालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।
नयाँ सरंचना अनुसार बनेको ज्वालामुखी गाउँपालिकामा साविकको चैनपुर,मैदी, ढोला र खरी गाविसलाई समेटिएको छ । राष्ट्रिय पर्यटन व्यवसायी संघ निट नेपालका केन्द्रिय सदस्य समेत रहेका सामरीले ज्वालामुखी गाउँ पालिकाको समग्र विकास र समाजमा परिवर्तन ल्याउने कार्यक्रम संचालन गर्न आंफु नेपाली कांग्रेसको तर्फबाट अध्यक्षको दावेदार रहेको वताउनु भएको हो । अवको स्थानीय निकाय दिगो योजना र कार्यक्रम सहित रहनु पर्ने र त्यस्का लागि आंफु सक्षम उम्मेदवार भएको सामरीको भनाई छ ।
पार्टीमा रहेका पुराना नेताले आम कार्यकर्ताको भावना समेट्दै दिगो योजना र कार्यक्रम सहितको एजेण्डा प्रस्तुत गरेमा अग्रजहरुको लागि आंफु पछि हट्न पनि तयार रहेको सामरीले वताउनु भएको छ । चैत २६ गते सम्पन्न पार्टी कार्यकर्ता भेलामा आंफुले यहि प्रस्ताव अघि सारेर अध्यक्ष पदको उम्मेदवारका लागि आकांक्षी रहेको घोषणा गरेको पनि उहाँले वताउनु भयो । यसै गरी तरुण दल ज्वालामुखी गाउँपालिका अध्यक्ष एवम तरुण दल धादिङ जिल्ला कार्य समितिका पुर्व सदस्य नवराज सिलवालले पनि ज्वालामुखी गाउँ पालिकाको वडा नम्बर २ को वडा अध्यक्ष पदमा उम्मेदवार हुने वताउनु भएको छ ।
ज्वालामुखी गाउँ पालिकामा नेपाली काँग्रेसको तर्फबाट विनोद तिमिल्सिना, यमनाथ दनै, नरेन्द्र भट्ट,रणवहादुर शाही, टिका काप्री लगायतको चर्चा चलिरहेको बेला सामरीले आफ्नो पनि आकांक्षा रहेको वताउनु भएको हो । धादिङ न्यूज संग कुराकानी गर्र्दै सामरीले आंफु सबै पक्षलाई स्विकार्य र सबैसंग सहकार्य गरेर अघि बढ्न सक्ने सक्षम उम्मेदवार हुने भएकाले पार्टीले पनि यस विषयमा सही निर्णय गरिदिने वताउनु भएको छ ।