सरकारद्वारा संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता

768 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

c02a0928a816c39d6e9cacef4b4bf6001491913026काठमाडौँ। सरकारले संविधानको नयाँ संशोधन विधेयक मंगलवार  व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद् सचिवालयमा विधेयक शाखामा ‘नेपालको संविधान संशोधन गर्न बनेको विधेयक’ दर्ता गराएको हो ।

विधेयकमा संविधानको विभिन्न ११ बुँदामा संशोधनको प्रस्ताव गरिएको छ । यसअघि संसद्मा विचाराधीन रहेको सिमाना हेरफेरसहितको संशोधन विधेयक सरकारले फिर्ता लिएको थियो । दर्ता गरिएको विधेयकमा सिमाना फेरफेर गर्ने प्रस्ताव राखिएको छैन । रासस