एमालेले थाँक्रेको अध्यक्षमा आचार्य र उपाध्यक्षमा रुपाखेतीलाई उम्मेदवार बनाउने

669 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 ramkumar-and-ambikaधादिङ । आगामी बैशाख ३१ गते हुन लागेको स्थानिय निकायको निर्वाचनका लागि नेकपा (एमाले) धादिङले थाक्रे गाउँपालिकमा अध्यक्ष, उपाध्यक्षमा जिल्ला कमिटि सदस्य एवं गाउँ पार्टी संयोजक रामकुमार आचार्य र उपाध्यक्षमा अम्विका रुपाखेतीलाई अघिसार्ने निर्णय गरेको छ । शनिवार सम्पन्न गाउँ स्तरिय कार्यकर्ता भेलाबाट जिल्ला कमिटि सदस्य एवं गाउँ पार्टी संयोजक रामकुमार आचार्य र उपाध्यक्षमा अम्विका रुपाखेतीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । ३ नं.प्रदेश कमिटिका सदस्य नेत्रराज पौडेलको संयोजकत्वमा भएको कार्यकर्ता भेलामा आसन्न निर्वाचनका लागि उमेद्वार बन्न इच्छुक आकांक्षीहरुबीचमा ब्यापक छलफल भएको थियो । थाँक्रे गाउँपालिकामा अध्यक्षका लागि रामकुमार आचार्यको अलावा कृष्ण पन्त, गोकर्ण रुपाखेती, शंकर तामाङ, नविन रिजालले आकांक्षा राखेका थिए । त्यस्तै उपाध्यक्षमा अम्बिका रुपाखेतीको अलावा उर्मिला रेग्मीको पनि चाहना थियो । भेलाले सवै आकांक्षीहरुलाई निर्वाचनमा एक ढिक्का बनाई लान उपर्युक्त जिम्मेवारी दिई उचित सम्मान गर्दे नेकपा एमालेलाई सवै वडामा प्यानल सहित विजय गराउने सर्वसम्वत निर्णय गरेको छ । यसका लागि केही दिनमा नै ११ वटै वडामा सर्वसम्मत वडा प्रतिनिधी चयन गर्ने समेत निर्णय गरेको छ । जिल्लाकै दोश्रो धेरै मतदाता १०,८०६ महिला तथा १०,११४ जना पुरुष गरी २०,९२९ जना मतदाता रहेको एवं ११ वडामा विभाजन गरिएको उक्त गाउँपालिकामा साविकको केवलपुर, थाक्रे, तसर्पु, भुमेस्थान तथा गोगनपानीका ४ वटा वडा समावेश गरिएको छ । २०७० को दोश्रो संविधान सभाको निर्वाचनलाई हेर्ने हो भने यस गाविसमा नेकपा एमालेको अवस्था निकै मजबुत रहेको अर्थतन्त्र डट कम ले खबर लेखेको छ ।