गल्छी गाउँ पालिकाको कुल मतदाता संख्या १५ हजार ९ सय ७९ जना

1094 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

17103318_10208408439039072_1322489110460403484_nगल्छी गाउँ पालिकाको कुल मतदाता संख्या १५ हजार ९ सय ७९ जना रहेको छ ।
साविकको बैरेनी र कल्लेरी गाविसको सबै वडा र गोगनपानी गाविसको १,२,३,४ र ९ नम्बर वडालाई समेटेर वनाईएको गल्छी गाउँपालिकाको  क्षेत्रफल१२९.०८ वर्ग किमि रहेको छ । साविकको बैरेनी गाविसको कार्यालयलाई केन्द्र तोकिएको गल्छी गाँउ पालिकाको कुल जनसंख्या २७ हजार ७ सय ८४ रहेको छ ।
वडा नम्बर १ ( साविक कल्लेरी१,२र ३) मा २७२९ जना मतदाता रहेका छन भने यस वडाको मतदान स्थल सरस्वती मावि डुम्रिचौर कायम गरिएको छ ।

वडा नम्बर २ मा ( साविक कल्लेरी ४,५ र ६) रहेको छ  जस्मा मतदाता संख्या २२७१ जना रहेका छन र मतदाना स्थल कल्लेरी मावि मैदान रहेको छ ।
त्यसै गरी वडा नम्बर ३ मा ( साविक कल्लेरी ७,८ र ९) परेको छ । यस वडाको कुल मतदाता १४३१ जना र मतदान स्थल पञ्चकन्या आवि आमडाँडा रहेको छ ।

यता वडा नम्बर ४ मा ( साविक बैरेनी ७,३ र १) लाई कायम गरिएको छ भने यहाँको मतदाता संख्या २०४५र मतदान स्थल वागेश्वरी आवि अदुवाबारीलाई तोकिएको छ ।
वडा नम्बर ५ मा (साविक बैरेनी २,४,५ र ६) लाई समेटिएको छ । जस्को कुलमतदाता संख्या २०४६ रहेको छ भने अमन्तादेवी मावि विर्ताडाँडामा मतदान स्थल कायम गरिएको छ ।
वडा नम्बर ६ मा ( साविक बैरेनी ९) मात्रै रहेको छ यस वडाको कुल मतदाता संख्या १६२६ जना छन भने वागेश्वरी मावि बैरेनीवजारमा मतदान केन्द्र रहेको छ ।
वडा नम्बर ७ मा (साविक बैरेनी ८) मात्रै रहेको छ । यस वडाको मतदाता संख्या १७३१ जना र बालकुमारी आवि भल्टारलाई मतदान स्थल तोकिएको छ ।
यसै गरी वडा नम्बर ८ मा ( साविक गोगनपानी १,२,३,४ र ९) रहेको छ । यस वडामा कुल मतदाता संख्या २१०० र मतदान स्थल गोगनपानी माविलाई तोकिएको छ ।मतदाताले आयोगको वेबसाइट www.election.gov.np मा गई मतदाता नामावलीमा रहेको आफ्नो नम्बर र जन्म मिति राखेर आफ्नो विवरण हेर्न सकिनेछ ।