नयाँ शक्ति नेपालले तोक्यो धादिङमा उम्मेदवार- चुनाव चिन्ह ‘मसाल’

1517 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

download (2)

स्थानीय तहको निर्वाचनमा चुनाव चिन्हको लागि संघर्षरत नयाँ शक्ति पार्टी, नेपालले ‘मसाल’ चिन्ह लिएर चुनावमा होमिने भएको छ ।

संघीय समाजवादी फोरम नेपालसँग स्थानीय तहको निर्वाचनमा मोर्चाबन्दी हुने निर्णयसँगै नयाँ शक्तिले मसाल चुनाव चिन्हसहित निर्वाचनमा होमिने निश्चित भएको हो । मसाल संघीय समाजवादी फोरम नेपालको चुनाव चिन्ह हो । संघीय समाजवादी फोरम ७५ वटै जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएको छ ।

नयाँ शक्ति नेपालले बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि धादिङ जिल्लाको ९ वटा स्थानीय तहमा एकै साथ उम्मेदवार तोकेको छ ।

नीलकण्ठ नगरपालिकाको मेयरमा केशव अधिकारी र धुनीबेसी नगरपालिकाको मेयरमा  शुरेन्द्र तामाङलाई उम्मेदवारीका लागि चयन गरिएको नयाँ शक्ति नेपालले जनाएको छ ।

त्यस्तै रुविभ्याली गाउँपालिकामा इमान तामाङ, खनियाबास गाउँपालिकामा इन्द्र बहादुर तामाङ, नेत्रावती गाउँपालिकामा बिर बहादुर तामाङ, गंगाजमुना गाउँपालिकामा सरस्वती सिंम्खडा, त्रिपुरासुन्दरी गाउँपालिकामा हरि धरेललाई अध्यक्षको उम्मेदवारी बनाउने निर्णय गरिएको नयाँ शक्ति नेपालले जनाएको छ । त्यसैगरी गजुरी गाउँपालिकामा दिनेश भण्डारी, गल्छी गाउँपालिकामा नकुल थापालाई  अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिएको नयाँ शक्ति नेपाल पार्टी धादिङले जनाएको छ ।११ गाउँ पालिका र २ नगरपालिकाम मध्ये अहिले ९ वटा स्थानीय तहमा नयाँ शक्तिले प्रमुखको उम्मेदवार घोषणा गरेको हो ।बेनिघाट रोराङ, ज्वालामुखी , सिद्धलेक र थांक्रेगाउँ पालिकामा भने उम्मेदवार घोषणा गरिएको छैन । ठुला भनिने दल र बिशेष गरी सत्तामा रहेका मुख्य दलले नयाँ शक्तिलाई अघि बढ्न नदिन षडयन्त्रमुलक ढंगबाट कामहरु गर्दै आईरहेको र निर्वाचन आयोगले चुनाव चिन्ह समेत दिन इन्कार गरी राजनैतिक संस्कारमा अघि बढ्न अवरोध पु¥याएको भएपनि पार्टीले जनताको बिचमा जाने निर्णय गरी उम्मेदवारी दिएको सो पार्टीका केन्द्रिय सदस्य टेकबहादुर तामाङले वताउनु भयो ।पार्टीले रोजेको चुनाव चिन्ह आँखा नपाएपछि संघीय समाजवादी फोरमको चुनाव चिन्ह मसाल लिएर नयाँ शक्तिले चुनावको प्रयोग गर्ने सो पार्टीका केन्द्रिय सदस्य राजु नेपालले वताउनु भएको छ ।

नन्दप्रसाद काप्री नयाँ शक्तिमा प्रवेश

यसै बिच राप्रपाको एकीकरण पछि सो पार्टीबाट अलग भएका धादिङका राप्रपा नेता नन्द्रप्रसाद काप्री सोमबार देखि नयाँ शक्तिमा प्रवेश गरेका छन । सोमवार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा काप्रीलाई पुर्वप्रधानमन्त्री एवम नयाँ शक्ति पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले टिका लगाएर पार्टी प्रवेश गराउनु भएको हो । काप्री नयाँ शक्तिमा प्रवेश गरेकाले अव उनले ज्वालामुखी गाउँ पालिकाको अध्यक्षको टिकट पाउने सम्भावना पनि बढेको वताईएको छ । 17991178_1327787567270639_5060139799327190345_n