नेकपा माओवादी केन्द्रको तर्फबाट चुनावी मैदानमा पत्रकारहरू

908 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

18119378_104393683459431_3278270835360060305_nस्थानीय तहको निर्वाचनमा धादिङका पत्रकारहरू पनि चुनावी मैदानमा उत्रने भएका छन्। १९ वर्षपछि हुन लागेको स्थानीय तहको नेतृत्व लिन पत्रकारहरू अहिले चुनावी दौडमा रहेका छन्। नेपाल पत्रकार महासंघ धादिङका सदस्यहरु पुष्प थपलिया,रमेश आचार्य, ठाकुर गुरुङ, हरि विश्वकर्मा  स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बन्दैछन्। उनीहरूको सबैको उम्मेदवारी टुंगो लागिसकेको छ ।

महासंघका पुर्वकेन्द्रिय पार्षद  पुष्प थपलिया सिद्धलेक गाउँ पालिकाको अध्यक्ष पदमा  नेकपा माओवादी केन्द्रको तर्फबाट  अध्यक्षको उम्मेदवार बन्ने निश्चित भएको छ। पार्टीले सर्वसम्मत रुपमा आफूलाई उम्मेदवार बनाउन सिफारिस गरेपछि चुनावमा होमिएको थपलियाले जानकारी दिए। महासंघ धादिङका सदस्य एवम आदिवासी जनजाती पत्रकार महासंघ फोनिज धादिङका अध्यक्ष समेत रहेका ठाकुर गुरुङ नेकपा माओवादी केन्द्रको तर्फबाट नेत्रावती गाउँ पालिकाको अध्यक्षमा उम्मेदवार बन्दैछन्। गुरुङको नाम पनि पार्टीले सर्वसम्मत चयन गरेको हो ।  लामो 18157203_1495176063867724_3250735925118675182_nसमयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा पार्टीले गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न आग्रह गरेपछि उम्मेदवार बन्न लागेको गुरुङले बताए। उनी चुनावी अभियानको क्रममा गाउँपालिका गएर प्रचार अभियानमा जुटिसकेका छन्। 18157484_10213330899293062_2546317494876718093_nयसैगरी महासंघका सदस्य एवं प्रेस सेन्टर नेपाल  ३ नम्बर प्रदेश सचिव रमेश आचार्य धुनिवेसी नगरपालिकाको वडा नम्बर ६ बाट वडा अध्यक्षमा उम्मेदवार बन्दैछन । एविसि टेलिभिजनमा आवद्ध आचार्यले पनि चुनावी प्रचार प्रसार अभियानलाई तिव्र पारिसकेका छन । यसै गरी त्रिपुरासुन्दरी गाउँ पालिका वडा नम्बर बाट हरि विश्वकर्मा वा अध्यक्षमा उठ्ने भएका छन ।