निष्ठावान राजनीतिज्ञको अवसान

31 पटक पढिएको

प्रकाशित मिति: २५ कार्तिक २०७४, शनिबार १९:०३

सम्पादक: Dhading News

kirtinidhi-bista-768x529काठमाडौँ, २५ ,कात्तिक : एकानब्बे वर्षको उमेरमा आज देहावसान हुनुभएका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट निष्ठावान राजनीतिज्ञ हुनुहुन्थ्यो ।

ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन हुनुभएका विष्ट विगत केही समयदेखि अस्वथ्य हुनुहुन्थ्यो । पिता चन्द्रनिधि र माता धनकुमारीको कोखबाट उहाँको जन्म १५ जनवरी १९२७ मा भएको थियोे ।

उहाँले लखनउ विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो ।

राजनीतिसम्बन्धी लेखहरू लेख्दै राजनीतिज्ञ डिल्लीरमण रेग्मीसँगको सङ्गतबाट राजनीतिमा सरिक हुनुभएका बिष्टले नेपाली राष्ट्रिय काँग्रेसबाट राजनीतिक यात्रा शुरु गर्नुभएको थियो । उहाँ जहानियाँ राणा शासनविरुद्धको विसं २००७ को क्रान्तिमा सक्रियतापूर्वक लाग्नुभएको थियो ।

सन् १९५८ मा परामर्शदात्री सभाको सदस्य हुनुभएका विष्ट सन् १९६१ मा सहायक मन्त्री, मन्त्री, मन्त्रिपरिषद्का उपाध्यक्ष, उपप्रधानमन्त्री हुँदै सन् १९६९, १९७१, १९७२ र १९७७ गरी चारपटक प्रधानमन्त्री हुनुभएको थियो । विसं २०६१ मा माघ १९ गते ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन सञ्चालन गरेपछि उहाँलाई विसं २०६१ फागुनमा उपाध्यक्षमा नियुक्त गर्नुभएको थियो ।

विसं २०३० मा सिंहदरबार आगलागी हँुदा नैतिकताको कारण राजीनामा दिई नेपालको इतिहासमा चर्चित हुनुभएका उपाध्यक्ष विष्टले नै चुनावमा भाग लिँदा आफ्नो पदबाट राजीनामा दिने चलनको शुरुवात गर्नुभएको थियो ।

विसं २००७ मा प्रजातन्त्र पुनःस्थापनापछि गठित राष्ट्रिय जनता परिषद्को उपसभापति र सभापति पनि रहनुका साथै सोही पार्टीबाट उहाँ विसं २०१५ फागुन गते भएको काठमाडौँ–३ मा प्रतिनिधिसभाका लागि उम्मेदवार बन्नुभएको थियो ।

उहाँले तत्कालिन वाग्मती पुनःरुत्थान कोष, वीरेन्द्र गद्दी आरोहण नागरिक मूल समारोह समिति, त्रिभुवन स्मारक समिति र राष्ट्रिय सम्मान समितिका अध्यक्षको जिम्मेवारी पनि निर्वाह गर्नुभएको थियो ।

सन् १९९६ मा प्रतिनिधिसभाले महाकाली सन्धि अनुमोदन गर्दा विरोध प्रदर्शन गरेबापत उहाँ पक्राउ पर्नुभएको थियो । उहाँले चीन, भारत, पाकिस्तान, रुस, उत्तर कोरिया, अष्ट्रिया, जापान, मलेसिया, जर्मनी, फ्रान्स, नेदरल्याण्डस्, संयुक्त राज्य अमेरिका, इण्डोनेसिया र ब्राजिलको भ्रमण गर्नुका साथै राष्ट्रसंघको महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व पनि गर्नुभएको थियो । उहाँको राजनीतिक दर्शनको अध्ययन र पत्रकारितामा रुचि थियो ।


२५ कार्तिक २०७४, शनिबार १९:०३ मा प्रकाशित

Dhading Galaudi mahotsav 2073

समाचार

सबै

छिमेकी झगडामा एक घाइते, पार्टीहरुबीच आरोप प्रत्यारोप

धादिङ   ८ मंसिर  -छिमेकी छिमेकी विच भएको झगडालाई धादिङको धुवाकोटमा राजनीतिकरण भएपछि पार्टीहरुबीच आरोप प्रत्यारोप सुरु भएको छ । नीलकण्ठ नगरपालिका वडा न.ं १४ धुवाकोटको टारमा शुक्रबार विहान छिमेकीहरुबीच.....

निर्वाचन विथोल्न धादिङमा श्रृङखलाबद्ध रुपमा बम आतंक

धादिङ - निर्वाचन विथोल्ने नियतले धादिङमा एक साता यता श्रृङखलाबद्ध रुपमा वम आतंक मच्चाईएको छ । शुक्रवार  विहान.....

नेपाल बन्द हल्ला मात्रै: विप्लव

मंसिर ८ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गर्ने भनेको नेपाल बन्द हल्ला मात्रै भएको जनाएको छ.....

धादिङमा प्रतिनिधिसभालाई समेत छायामा पार्दै प्रदेशका ‘हेभीवेट’ उम्मेदवार

  काठमाडौं : देशैभरमा प्रदेशसभा निर्वाचन प्रतिनिधिसभा निर्वाचनको छायामा परेको महसुस भइरहेका बेला धादिङमा भने.....

पृथ्वीराजमार्गमा भेटिएको बम निष्क्रिय

धादिङ, ५ मंसिर  :धादिङको निर्वाचन क्षेत्र नमबर १ मा पर्ने गजुरी गाउँपालिका वडा नं २ बिहानीपम्प नजिकै.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana