गणेश हिमालको आधार शिविर नजिकै विरामी परेका ३ जनाको हेलिकप्टरमार्फत उद्धार
123 पटक पढिएको
धादिङ,२९ कात्तिक २०८१ । गणेश हिमालको आधार शिविर नजिक बिरामी परेका ३ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार भएको छ ।
आधार शिविर जाँदै गर्दा सोमबार रातीदेखि बिरामी परेका डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य, डिभिजन वन कार्यालयकी रेन्जर अनुसुया ढुङ्गाना र भ्रमण टोलीका सदस्य पत्रकार आकाश लम्साललाई हेलिकप्टारमार्फत उद्धार गरी काठमाण्डौ लगिएको सेनाले जनाएको छ । यसअघि बेस क्याम्प नजिकै अलपत्र परेका नेपाली पर्यटकहरुको उद्धारका लागि बुधवार गएको नेपाली सेनाको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको थियो ।
पर्या–पर्यटन प्रवद्र्धनको उद्देश्यले धादिङको रुबीभ्याली गाउँपालिका, डिभिजन वन कार्यालय र पत्रकारको टोली गणेश हिमालको आधार शिविरको यात्रामा गएको थियो ।
- सांकेतिक तस्बिर