मलेखुमा बन्यो माछाको प्रतिमा

678 पटक पढिएको

प्रकाशित मिति: ११ श्रावण २०७७, आईतवार २१:१९

सम्पादक: Dhading News

केशव अधिकारी

(मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ । माछाका परिकारहरुका पारखीका लागि थप आकर्षित गर्न मलेखु चोकमा माछाको प्रतिमा निर्माण गरिएको हो।

प्रतिमा निर्माण गर्न ६ लाख अठार हजार र राख्‍ने स्थानको निर्माण गर्न ४ लाख ६१ हजारसमेत गरी कुल १० लाख ७९ हजार खर्च भएको गजुरी गाउँपालिकाले जनाएको छ।

आन्तरिक तथा बाह्य पर्यटकलाई मलेखुमा थप आकर्षित गर्न गजुरी गाउँपालिकाले ढलौटको माछाको प्रतीक बनाएर मलेखु चोकमा राखेको हो। मलेखुलाई माछा बजारको रूपमा चिनाउने काम ४२ वर्ष अघि शुरु भएको हो । माछा बजारको रुपमा देश विदेशमा चिनिन सफल भएकाले मलेखुमा माछाको प्रतीक निर्माण गरिएको गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताउनुभयो ।

त्यतिवेला एक जनाले शूरु गरेको व्यवसाय बढ्दै गएर आज सयौं होटल मलेखु आसपास र गजुरी गाउँपालिकामा मात्रै ४५ वटा होटल व्यवसायिक रुपमा सञ्चालन भएकोमा मलेखुमा माछाको प्रतिक बनाएर मलेखुको पहिचानलाई जोगाउन खोजिएको अध्यक्ष बस्नेत बताउनुहुन्छ ।

शनिबार माछाको प्रतिमा अनावरण गर्दै अध्यक्ष बस्नेतले मलेखुमा पहिलो पटक माछाको व्यवसाय शुरु गर्ने छविलाल मरहठ्ठा व्यवसाय विस्तारमा सहयोग पुर्‍याउने एकराज सेढाईं यस क्षेत्रका दुरदर्शी व्यवसायी भएको बताउनु भएको थियो । कार्यक्रममा छविलाल मरहठ्ठा र उहाँकी श्रीमती देवीमाया मरहठ्ठा, एकराज सेढाईं र उहाँकी श्रीमती टुलकदेवी सेढाईंलाई गाउँपालिकाको तर्फबाट दोसल्ला ओढाएर सम्मान गरिएको थियो। मलेखुमा राखिएको माछाको प्रतिमा ललितपुरस्थित विद्याधारी हस्तकला केन्द्रका बावुराजा महर्जन र उनका छोरा अनिश महर्जनले निर्माण गरेका हुन्।

मलेखुमा माछा व्यापारको इतिहास

मलेखुमा सबैभन्दा पहिले माछाको व्यवसाय शुरु गर्ने व्यक्ति हुन् छविलाल मरहठ्ठा। २०३५ फागुनदेखि मलेखुमा माछाको परिकार बनाएर व्यवसाय थालनी गरेको उहाँ बताउनुहुन्छ । मरहठ्ठाले शुरुवात गरेको माछाको व्यवसाय बिस्तार हुँदै अहिलेको अवस्थामा आइपुगेको हो। पुख्र्यौली थलो गोरखा जिल्ला भए पनि छविलाल वर्माबाट फर्किएर मलेखु आईपुग्नु भएको हो । बर्मामा रहँदा सिकेको सिपलाई सदुपयोग गर्दै मरहठ्ठाले वंगाली भाषामा ‘वैगुन भर्ती आलु चोखा’ भनीने आलुचप बनाएर व्यवसाय शुरु गरेको बताउनुभयो ।


मरहठ्ठाले शुरुको दिनमा स्थानीय खोलाको आधा केजी माछा र एक केजी आलुबाट सुरु गरेको माछा–चप व्यवसायले अहिले देश विदेशमा मलेखु बजारलाई चिनाएको छ। ‘एक दिन जाल खेल्दै आएका एकजना चेपाङले त्रिशूली नदीमा जालमा पारेको माछा बेच्न ल्याए। त्यही माछा किनेर त्यस्लाई तारेर बेच्न सुरु गरेको हुँ’–छविलालले बताउनुभयो ।

पहिलो दिनमै आधा केजी माछा बिक्यो। भोलिपल्टबाट तिनै चेपाङलाई आग्रह गरेर नदीमा माछा मार्न पठाएर माछा ल्याउँदै तारेर र सिलमा सुकाएर बेच्न थालेको ७८ वर्षीय मरहठ्ठाले जानकारी दिनुभयो । मलेखुमा माछाको व्यापार शुरु गर्दा पोखरा–काठमाडौं जोड्ने पृथ्वीराजमार्ग भर्खरै खुलेको थियो। त्यतिबेला दैनिक सात आठवटा गाडी चल्थ्यो। शुरुवातका वेला ५० पैसा प्रतिगोटा चप र पाँच रुपैयाँ प्रतिप्लेट माछा बेच्ने गरिएकोमा अहिले चपको प्रतिगोटा १५ र माछाको प्रति प्लेट १ सय ८० रुपैयाँ पुगेको र व्यापार पनि विस्तार हुँदै गएको उहाँले बताउनुभयो ।

मलेखु र माछाको सम्बन्ध तथा महत्व दर्शाउन झण्डै डेढ दर्जन गीत बजार आइसकेका छन्। तीमध्ये ‘माछा मिठो मलेखुको पानी त्रिशूलीको’ बोलको गीत उमा श्रेष्ठले गाएकी हुन भने ‘मलेखुमा पुल हितकारी मायालाई सम्झिँदा सयपत्री फूल’ बोलको गीत शिला आले र धमेश दुलालले गाएकाछन्। यसैगरी मलेखुकै स्थानीयवासी भरत बराकोटीले रचना गरेको ‘मलेखु तिम्रो नाम यो दिलमा लेखुँ कि नलेखु’ बोलको गीत विरु लामा र सम्झना भण्डारीले गाएका छन्।

त्रिशूलीदेखि तराईसम्मका माछा

मलेखु बजारमा मलेखु खोला, त्रिशूली नदी, स्थानीय पोखरी र चितवन, वीरगञ्‍ज, जनकपुर लगायतका स्थानबाट ल्याइएका माछा पाइन्छन्। सुरुका दिनमा मलेखु खोला र त्रिशूली नदीको मात्र माछा पाइने यो बजारमा २०५० साल साउन ४ गते मलेखु खोलामा गएको बाढीका कारण खोलाको ढड्यानहरू बगाएपछि माछा बस्ने कुरहरू भत्किएपछि बैकल्पिक श्रोतबाट मलेखुमा माछा ल्याउन थालिएको हो।

२०५० साल पछि तराई क्षेत्रका माछाले मलेखसुमा प्रवेश पाएको व्यवसायीहरु बताउँछन्। अहिले मलेखुमा असला, कत्ले, झिंगे, वामसहितका माछाका परिकार उपलब्ध हुने गर्दछन्।

कस्ता बन्छन् परिकार?

स्थानीय व्यवसायी रमेश सेढाईंका अनुसार तेलमा तारेको (फ्राइ माछा) माछा सबैले मन पराउँछन्। माछामा काँडा हुने भएका कारण पनि धेरैले तारेको मन पराउँछन्। जाडो समयमा आलो माछामा झोल हालेर खान मन पराउने पनि धेरै हुन्छन्। खाना खानेहरूले त झोल हालेर नै बनाउन लगाउँछन्। अधिकांशले आफूले खाएपछि परिवारका लागि समेत फ्राइ गरेको, आलो, सुकाएको माछा घर लाने गरेको सेढाईले बताए।

आलु चप
मलेखुमा माछासँगै खाने लोकप्रिय भएको अर्को परिकार हो आलु चप। मधुमेह भएकाबाहेक सबैले खान हुने परिकारका रुपमा आलुचपलाई लिइन्छ। आलु उसिनेर जिरा, धनियाँ, नुन खुर्सानी, प्याज मोलेर सानो ढ्याक आकार बनाई बेसनको लेदोमा चोपेर तेलमा पकाएर बनाइन्छ आलु चप। तातो खाँदा छुट्टै स्वाद भएकाले सबैले मन पराउँछन्। मलेखुका सबै माछा पसलमा आलुचप बनाइन्छ। माछाको स्वाद लिनुपूर्व तातोतातो आलु चपको स्वादसँग आन्तरिक तथा विदेशी पर्यटकहरू आकर्षित हुने गरेका छन्।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

११ श्रावण २०७७, आईतवार २१:१९ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

सल्यानटारमा खानेपानीको हाहाकार समाधान हुने तरखरमा

धादिङ : हिउँद होस या वर्षा धादिङको सल्यानटारमा बाह्रैमास खानेपानीको हाहाकार हुने गर्दछ। देशभरिका ठूला टारमध्येमा पर्ने सल्यानटार त्रिपुरासुन्दरी गाउँपालिका १ र २ मा विभाजन गरिएको छ। पहिला सिंगो टारलाई.....

धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा

धादिङ- लामो समयदेखि विग्रिएर काम गर्न छाडेको सदरमुकाम धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा.....

‘ BE THE CHANGE MAKER ‘ एक फरक अभियान : प्रदिप रुपाखेती

गैर आवासीय नेपालीहरुको संगठन एन.आर एन.ए. न्यूजिल्याण्ड का सचिव एवं धादिङ महादेबबेसीका प्रदिप रुपाखेती यतिबेला.....

‘आसपाल्ड’ प्रविधिबाट सदरमुकाम भित्र कालोपत्रे शुरु

धादिङ : धादिङको सदरमुकाम धादिङबेसीको बजार क्षेत्रभित्रको सडकमा कालोपत्रे शुरु भएको छ। डिभिजन सडक कार्यालय.....

सिम्लेमा बस आगलागी

  [caption id="attachment_40725" align="alignright" width="440"] FILE PHOTO[/caption] धादिङ,२६ असोज - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १.....

Categories