स्पेनको जनसंख्या हालसम्मकै उच्च, ४ करोड ८३ लाख नाघ्यो
207 पटक पढिएको
एजेन्सी । स्पेनको जनसंख्या ४ करोड ८३ लाख ४५ हजार २२३ पुगेको छ । उच्चस्तरमा जनसंख्या पुग्नुमा आप्रवासीहरूको मुख्य योगदान रहेको स्पेनको तथ्याङ्क कार्यालयले मंगलबार प्रकाशित गरेको अध्ययनले देखाएको हो ।
त्रैमासिक निरन्तर जनसंख्या तथ्याङ्कले जुलाई १ मा स्पेनमा ४ करोड ८३ लाख ४५ हजार २ सय २३ जना मानिसहरू बसोवास गरिरहेको देखाएको छ । जुन अहिलेसम्म रेकर्ड गरिएकोमध्ये सबैभन्दा धेरै हो ।
२०२३ को दोस्रो त्रैमासिकमा १३ लाख ५ हजार १ सय ८६ जनाले वृद्धि भएको छ । थपिएको जनसंख्या मध्ये १ लाख ३ सय ९४ जना स्पेन बाहिर जन्मिएका थिए । अब विदेशी भूमिमा जन्मिएका बासिन्दाहरूको कुल संख्या ८४ लाख ५७ हजार ८ सय ८६ पुगेको छ ।
अप्रिल र जुनको बीचमा स्पेन आउने अधिकांश आप्रवासी कोलम्बिया र मोरक्कनका थिए । विदेशमा बसोवास गरेर आफ्नो मातृभूमिमा फर्केका स्पेनीहरुको संख्या उल्लेख्य रहेको पाइएको छ ।