एपीसी नेपालद्वारा दोश्रो चरणको शैक्षिक छात्रवृत्ति सामाग्री हस्तान्तरण

1106 पटक पढिएको

सम्पादक: Dhadingnews.com

बैरेनी /अन्तरास्ट्रिय दात्रृ संस्था एक्पाट लक्जम्बर्गको सहयोगमा सडक बालबालिका तथा अन्य जोखिम अवस्थाका बालबालिकाहरुको पारिवारिक तथा सामाजिक पुनर्स्थापनामा बिगत एक दशक अघि देखि कार्यरत गैरसरकारी संस्था एपीसी नेपाल ( एसोसियसन फर द प्रोटेक्सन ओफ चिल्ड्रेन – नेपाल ) अन्तर्गत सामाजिक सचेतना सहभागिता तथा सहयोग कार्यक्रम मार्फत बैरेनी गाउँ विकास समितिका १७ सामुदयिक बिध्यालयका १३४ जना प्राथमिक तहमा अध्यनरत  बालबालिकाहरुको निम्ति दोश्रो चरणको छात्रवृत्ति सहयोग उपलब्ध गराइएको छ |apc 2

          बैरेनी स्थित श्री बागेश्वरी उच्च माध्यमिक बिध्यालय श्रोत केन्द्र अन्तर्गत १७ बिद्यालयहरु सँग समन्वय गरि बालबालिकाको पारिवारिक आर्थिक अवस्था सर्वेक्षण पश्चात छनौट गरिएका १३४ जना बालबालिकाहरुलाई सहयोग शैक्षिक  सामाग्रीहरु  प्रदान गरिएको हो | छात्रवृत्ति सहयोग पाउनेमा अभिभावक बिहिन, एकल अभिभावक भएका आश्रित तथा आर्थिक रुपमा विपन्न भइ विद्यालय सम्म पुग्न सक्ने पारिवारिक बातावरण नभएका बालबालिकाहरु प्राथमिकतामा रहेका छन् | दोश्रो चरणको छात्रवृत्ति  सहयोग अन्तर्गत आगामी ३ महिनाका लागि रु १ लाख ४३ हजार रकम बराबरको शैक्षिक सामग्री श्री बागेश्वरी उच्च माध्यमिक बिध्यालय श्रोत केन्द्रमार्फत सम्बन्धित सबै १७ सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई हस्तान्तरण गरिएको छ | गत बैशाखमा एपीसी नेपालले पहिलो चरणमा रु ३ लाख ८० हजार रकम बराबरको बिद्यालय पोशाक, कापी, सिसाकलम, झोला लागायतका  शैक्षिक सामग्री उपलब्ध गराएको थियो | हाल विद्यालयबाटै शैक्षिक सामग्री पाउन थाले पछी अधिकांश गयल हुने गरेका बालबालिकाहरु निरन्तर हाजिर हुने गरेको सम्बन्धित विद्यालयका शिक्षकशिक्षिकाहरु बताउनुहुन्छ |

Copy of Untitled-1   जिल्ला शिक्षा धादिंगको पछिल्लो तथ्यांक अनुसार जिल्लाका २० विद्यालय श्रोत केन्द्र मध्ये राजमार्गका गजुरी , खानीखोला र  बैरेनी क्षेत्रका सामुदायिक विद्यालयमा प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकाहरु तुलनात्मक रुपमा बिद्यालय भर्ना पश्चात धेरैको संख्यामा बिद्यालय छाड्ने गरेको देखिन्छ | विद्यालय छाड्नेमा संख्यात्मक रुपमा छात्रहरुको संख्या बढी देखिन्छ | परिवारको कमजोर आर्थिक अवस्था सँग संगै , भौगोलिक रुपमा घरदेखि बिद्यालय बिचको दुरी टाढा हुनु , विद्यालय आफैमा बाल मैत्री बन्न नसक्नु को अलावा अभिभावक आँफैले  बालबालिकाहरुलाई समयमा निरन्तर  विद्यालय पठाउनु पर्छ भन्ने जिम्मेवारी बोध हुन नसक्नु आदि कारणले पनि साना बालबालिकाहरुले शैक्षिकसत्रको बिचमा विद्यालय छाड्ने गरेको पाइन्छ |