छैठौ पुस्तकालय दिवशको अवसरमा जिल्लाभरका बिद्यालयमा कार्यक्रम

743 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ÷ छैठौ पुस्तकालय दिवशको अवसरमा रानिपौवा उच्च मा वि सल्यन्टारमा एक कोठे भवन सहितको पुस्तकालयको उद्घाटन गरिएको छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष चेतनाथ बसौला को अध्यक्षतामा पुस्तकालयको उद्घाटन गरिएको हो । कार्यक्रममा सहयोगि संस्थाका प्रतिनिधि, छिमेकि विद्यालयका प्र अ एवं प्रतिनिधि, समाजका बुद्दिजिवि,विद्यार्थी,शिक्षकहरुको सहभागिता रहेको थियो भने उक्त समारोहमा बोल्दै प्रयास नेपाल धादिङको पुस्तकालय सहजकर्ता नमिता तिमल्सेनाले हाल पुस्तकालयमा ११ सय भन्दा बढि पुस्तक,काठका शैक्षिक सामगी सहयोग गरेको र आगामि ३६ महिना समम प्रयास नेपाल तथा रुम टु रीडको तर्फबाट सहयोग भईराख्ने जानकारी गराउनु भएको थियो । ranirawa 5-14
यसै गरी पुस्तकालय दिवसकै अवसरमा रानिपौवा उ मा वि स्रोत केन्द्र स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘विद्यार्थी जीवनमा पुस्तकालयको महत्व’ शिर्षकको बक्तृत्वकला प्रतियोगितामा १४ जना विद्याथीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा रानिपौवा उ मा वि का छात्रा सिष्टता थपलिया प्रथम, कमलादेवी नि मा वि का छात्रा लिला नेपाली र सल्यानटार मा विका छात्र अनिस पान्डे द्धितिय यसैगरी भिमोदय मा वि आगिन्चोकका छात्र सुजन श्रेष्ठ तृतिय भएका थिए । प्रतियोगिहरुलाई विद्यालयका प्रधानाध्यापक हरिराम बुर्लाकोटी र कार्यक्रमका अध्यक्ष चेतनाथ बसौलाले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
पुस्तकालय दिवसको अवसरमा शुक्रवार छत्रे देउराली गा वि समा रहेको महेन्दोदय उ मा विमा पुस्तकालयका विषयमा गा वि स स्तरिय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नारायण देवी नि मा वि छत्रे प्रथम,श्री महेन्द्रोदय उ मा वि द्धितिय र श्री महाकाली नि मा वि तृतिय भएक ा थिए । यसैगरि पञ्चमुखि नि मा वि सलाङमा पुस्तक प्रदर्शनी ,अभिभावक,विद्यार्थी तथा शिक्षकहरुबाट एक घण्टा पुस्तकालयको पुस्तकहरु अध्ययन तथा ३ सय जनाको सहभागितामा शैक्षिक सामग्री सहित गाउँ परिक्रमा गरिएको थियो । त्यसै गरी सोही अवसरमा गोगनपानि मा वि गोगनपानिमा पनि प्रा वि स्तरीय पठन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सहभागि विद्यार्थीहरलाई विद्यालयका प्रधानाध्यापकबाट पुरस्कार बितरण गर्नुभएको थियो । त्यसैगरि थानापति मा वि ज्यामरुङमा पनि प्रा वि स्तरीय हाजिर जवाफ प्रतियोगितामा आयोजना गरिएकोमा धर्मभक्त सदन प्रथम,नि मा वि स्तरिय चित्रकला प्रतियोगितामा कक्षा ७ का विद्यार्थी सन्तोस सिलवाल प्रथम भएका थिए भने अभिभावक तथा शिक्षकहरुले पुस्तकालयको महत्वको बारेमा तिज गित गाई पुस्तकालय दिवस भब्यताको साथ मनाएका थिए । पुस्तकालय दिवसको अवसरमा सत्वदेवी गा वि स अवस्थित बच्छलादेवि उ मा विमा पनि प्रा वि स्तरीय पढाई प्रतियोगिता र अन्य बिभिध कार्यक्रकाको साथ छैठौ पुस्तकालय दिवस मनाएका छन् ।