नागढुंगा–खानीखोला सड्क खण्डमा जाम अझै दुई हप्ता जारी रहने

597 पटक पढिएको

सम्पादक: Dhadingnews.com

नागढुंगा/राजधानी बाहिर बाट काठमाडौं पुग्ने हतारमा हुनुहुन्छ भने काठमाडौं छिर्ने मुख्य सडक नागढुंगा–खानीखोलामा हुने गरेको जाम अझै दुई हप्ता जारी रहने भएको छ् । जस्को कारण तपाईं यस् सड्क खण्डमा कम्तिमा २ घण्टा रोकिनु पर्नेछ । DSC00952

अहिले ढलान सुरु गरिएको ठाउँमा २० दिन भित्र काम सकी दशैंतिहारका लागि काम रोकिने सडक विभाग अन्तर्गत नागढुंगा खानीखोला सडक निर्माण परियोजनाका म्यानेजर वैभव पाण्डेले जानकारी दिनुभयो ।
अहिले पनि दैनिक ४/५ घण्टा सम्म जाम भइरहेको र दशैंतिहारका बेला गाडीको बढी चाप हुँदा झन् समस्या हुने भएकाले २० दिन पछि काम रोक्न लागिएको उहाँले बताउनुभयो । तिहारपछि फेरि ढलानको काम सुरु गर्ने र २ महिना भित्रमा काम सक्ने लक्ष्य रहेको पाण्डेको भनाइ छ ।
नागढुंगा–खानीखोला सडक अन्तर्गत बढी बिग्रिएको नौबिसे–पिप्लामोडको १ हजार ७० मिटर सडकमा पुरानो कालोपत्रे उक्काएर ढलान गर्ने काम गएको जेठमा सुरु भएको हो । काम निकै सुस्त गतिमा भएकाले अहिलेसम्म ३ सय २० मिटरमा मात्रै ढलान पुरा भएको छ ।
विशिष्ट व्यक्तिको सवारी,  ढुवानी व्यवसायीको हड्ताल लगायतका कारणले काममा ढिलाई भएको प्रोजेक्ट म्यानेजर पाण्डेले दावी गर्नुभयो । सडक मर्मतको काम हुँदा गाडी एकतर्फी मात्रै पास गराउनुपर्दा २ महिनायता दैनिकजसो नौबिसे नागढुंगा सडकमा जाम हुने गरेको छ