दशैंमा नागढुंगमा सडक जाम नहुने सरकारको दावी

551 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं / काठमाडौं छिर्ने मुख्य नाका नागढुंगा आसपासमा देखिएको सडक जामको समस्या छिटै हट्ने सरकारले बताएको छ ।

दशैंको लागि ओहोरदोहोर गर्ने यात्रुले असुविधा र कष्ट भोग्न नपर्नेगरी जामको समस्या हटाउन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले बताउनुभयो । अहिले नागढुंगा आसपासमा सडक मर्मतसँगै गाडी बिग्रने समस्याले बढी जाम हुने गरेको उहाँको भनाइ छ ।

सडक मर्मतको काम भदौ महिनाभर मात्रै हुने भएकाले असोजदेखि यातायात सञ्चालन सहज हुने उहाँले बताउनुभयो । यस्तै नागढुंगाको उकालोमा गाडी बिग्रेर हुने जामको समस्या समाधानको लागि क्रेनको व्यवस्था गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

सडकको बीचमा गाडी बिग्रने बित्तिकै सडक खुलाउनको लागि चौबीसै घण्टा क्रेन राख्न लागिएको उहाँले बजानकारी दिनुभयो । यो वर्ष दशैंमा यात्रा गर्ने यात्रुले अघिल्ला वर्षहरुमा जस्तो समस्या भोग्न नपर्ने उहाँको दावी छ ।

तर नागढुंगा र चितवनको दासढुंगा आसपासमा अहिलेदेखि नै जाम खेप्नुपरेको भन्दै यात्रु र चालकले गुनासो गरेका छन् । सरकारले उचित व्यवस्था गर्न नसक्दा घण्टौं जाममा पर्नुपरेको उनीहरुको भनाइ छ ।

ujyaaloonline.com