पत्रकार पन्त सम्मानित

724 पटक पढिएको

सम्पादक: Dhadingnews.com

h SDC12530पोखरा २३ भदौ /पोखरामा रहेर ८ वर्षदेखि पत्रकारिता गर्दै आइरहेका धादिङ जिल्लाको आगिन्चोक गाबिसका स्थायी बासिन्दा पत्रकार हरि पन्त आइतबार स्याङ्जाको वालिङमा सम्मानित भएका छन् । स्याङ्जाको वालिङबाट प्रकाशित सत्यवाणी साप्ताहिकको दोस्रो वार्षिकोत्सवको अवसरमा उनी सम्मानित भएका हुन् । सत्यवाणी पत्रिकामा कार्यरत रहेर उल्लेखनीय योगदान पु¥याएको भन्दै पत्रिकाले आफ्नो वार्षिकोत्सवको अवसरमा पन्तलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष प्रदिपजंग पाण्डेले सम्मानपत्रद्वारा पत्रकार पन्तलाई सम्मान गरेका हुन् । यसअघि दमौली एफएम तनहुँबाट समेत सम्मानित भइसकेका पन्त गोल्डेन न्यूज दैनिक, सुनौलो एफएम, ज्योतिष भविष्यवाणी साप्ताहिक दमौली एफएम, तनहुँ लगायतमा कार्यरत छन् भने यसअघि पोखरा हटलाइन दैनिक, हिमदूत दैनिक, आरसी टाइम्स साप्ताहिक, नेपाल समाचारपत्र, राजधानी लगायतमा रहेर काम गरिसकेका छन् । पन्तलार्य सम्मान एवं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै पाण्डेले देशको संक्रमणकालिन अवस्थाले उद्योग व्यवसाय धराशायी बन्दै गैरहेको भन्दै उद्योगी व्यवसायीले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्ने माग गरे । उनले राष्ट्रको आर्थिक विकासमा स्याङ्जाले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्याङ्जाको औद्योगिक र पर्यटन विकासका सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले निजी व्यवसायीले रुग्ण उद्योगलाई राहत दिन सरकारसंग माग गरेजस्तै अत्यन्त दयनीय अवस्थामा रहेका मिडियालाई सघाउन निजीक्षेत्र अघि सर्नुपर्नेमा जोड दिए । शुभयात्रा पव्लिकेशनका अध्यक्ष अर्जुनप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष यज्ञ अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दीपक लम्साल, पूर्व सांसद खगेन्द्रराज रेग्मी, पव्लिकेशनका संचालक भीमप्रसाद पंगेनी, नेपाल महिला संघ स्याङ्जाका अध्यक्ष कल्पना तिवारी, रेडियो आँधीखोलाका अध्यक्ष ध्रुवप्रसाद पंगेनी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । त्यसअवसरमा तीजगीत नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगितामा ७ विद्यालयका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये बालविद्या उमावि प्रथम, राष्ट्रिय उमावि आमटारी द्वितीय, भूपू सैनिक उमावि तृतीय र जनसेवा मावि एवं पूर्णामृत भवानी उमावि सान्त्वना भएका छन् ।