एउटै जिल्लामा दुईवटा उद्योग बाणिज्य संघ हुनु हुंदैन,मिलाउने प्रयास जारी छ –बैद्य

887 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२८ भदौ / धादिङ जिल्लामा दुईवटा उद्योग बाणिज्य संघ गठन भई संचालनमा रहनु संस्थाको लागि पनि चुनौतिपूर्ण भएकाले दुवै संघका प्रतिनिधिहरुका बिच पटक पटक सम्वाद र छलफल गरेपनि निकास आउन नसकेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले वताएका छन । दुवै संघलाई एकै ठाउंमा ल्याउन आंफु अहिले पनि प्रयासरत रहेको बैद्यले दावी गरेका छन ।
DSC04865 (1)
धादिङ उद्योग बाणिज्य संघमा बढ्दै गएको राजनैतिक हस्तक्षेप र राजनैतिक आस्थाका आधारका संघको गतिविधि बढ्न थालेपछि गत बर्षको मंसिरमा जिल्लामा छुट्टै व्यवसायिक संघको परिकल्पना गर्दै जिल्लाका उद्यमी व्यवसायीहरुले उद्योग बाणिज्य संघको गठन गरेका थिए । एक हजार ५५ जना सदस्य रहेको उद्योग बाणिज्य संघ धादिङलाई महासंघले केन्द्रमा आवद्ध नगराएपनि संघले विभिन्न किसिमका गतिविधिहरु संचालन गर्दै आईरहेको छ ।
मध्यमाञ्चल क्षेत्रीय उद्योग बाणिज्य संघका अध्यक्ष धुव्रवहादुर थापाको अध्यक्षतामा भएको अधिबेशन उदघाटन कार्यक्रमलाई महासंघका बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, केन्द्रीय सदस्यहरु निर्मल चौधरी,मदनलाल जोशी,मिनवहादुर श्रेष्ठ लगायतले सम्वोधन गरेका थिए । अधिबेशनले अध्यक्ष १ , उपाध्यक्ष १ , महासचिव १ , तीन अञ्चलवाट सदस्यहरु १–१ जना र कार्यसमिति सदस्य ३ जना गरी ९ सदस्यिय कार्य समिति चयन गर्ने वताईएको छ ।
यसै बिच क्षेत्रीय अधिबेशनका लागि धादिङ आईपुगेका विभिन्न जिल्ला तथा नगर उद्योग बाणिज्यका अध्यक्ष तथा प्रतिनिधिहरुले उद्योग बाणिज्य संघ धादिङमा पसेर एउटै जिल्लामा दुईवटा संघ गठन गर्नुपर्नाको वारेमा जानकारी लिएका छन ।533761_715671521792379_1414760164_n
विभिन्न जिल्ला तथा नगरका अध्यक्षहरुलाई उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष कल्पना अधिकारी, उपाध्यक्ष बद्रीकुमार श्रेष्ठ,महासचिव लोकनाथ डल्लाकोटीका साथै संघका पदाधिकारी र सदस्यहरुले स्वागत गर्नुका साथै मायाको चिनो दिएर सम्मान गरेका छन ।