पुस्तकालय गतिविधि सम्बन्धी तालिम सम्पन्न

762 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/पुस्तकालय गतिविधि सम्बन्धी ३ दिने तालिम शनिबार सम्पन्न भएको छ । पुस्तकालय संचालनको क्रममा पुस्तकालय घण्टीमा बालबालिकाहरुको पढ्ने बानीको विकास गराउन बिद्यालयमा गर्नु पर्ने गतिविधिहरुको बारेमा रुम टु रीडका सहायक कार्यक्रम अधिकृत हरिराम भण्डारी प्रयास नेपाल धादिङका कार्यक्रम संयोजक लगायतले विषयवस्तुको बारेमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा धुवाकोट,ज्यामरुङ,कुम्पुर,भुमेस्थान,थाक्रे,नीलकण्ठ,छत्रेदेउराली,सेमजोङ र आगिञ्चोक गरी ९ गा.वि.स.का १८ जना पुस्तकालयध्यक्ष र सह पुस्तकालयध्यक्षको सहभागिता रहेको थियो । तालिममा छलफल भएका विषयवस्तुकरुले शैक्षिक उपलब्धी मुलक रहेको र यस्ता क्रियाकलापहरुबाट बालबालिकाहरुको शैक्षिक विकासमा सहयोग मिली पढ्ने बानीको विकासमा सहयोग मिल्नेछ भन्ने भनाई नीलकण्ठ उ.मा.वि.का शिक्षक पार्वती पौडेलले बताउनु भयो ।