तिर्थ यात्री चढेको मोटर दुर्घटनामा दुई जनाको मृत्यु, १६ जना घाइते

122 पटक पढिएको

प्रकाशित मिति: ३० भाद्र २०७०, आईतवार ०६:५९

सम्पादक: Dhadingnews.com

 

 

रसुवा/रसुवाको गत्लाङबाट धादिङको सेर्तुङमा मेला भर्न आउंदै गरेका तिर्थयात्री चढेको मोटर गएराति दुर्घटना हुदाँ दुई जनाको ज्यान गएको छ , १६ जना घाइते भएका छन् । दुर्घटनामा गत्लाङ–५ का ५५ वर्षीया रिम्जेन छोमो तामाङ र ६५ वर्षीया नाग्त्री तामाङको ज्यान गएको हो ।
घाइते भएका १६ जनालाई रातीनै पचारको लागि जिल्ला अस्पताल धुन्चे पठाइएको प्रहरी चौकी थाम्बुचेतका प्रहरी नायव निरीक्षक रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । घाइते भएका मध्ये सात जनाको अबस्था गम्भीर रहेको छ । घाइते भएका मोटर मालिक तथा चालक दावा गोम्बु तामाङको अबस्था समेत गम्भीर रहेको छ । घाइते हुनेमा अधिकांश बृद्ध र महिलाहरु रहेका छन् । गत्लाङ–५ बाट धादिङको सेर्तुङको सिङ्लामा लाग्ने मेलामा सहभागि हुन आउंदै गरेका तिर्थ यात्री चढेको मोटर रसुवाको गत्लाङको इग्रे भिर भन्ने स्थानमा दुर्घटना भएको हो । बा.२ ख २९५६ नम्बरको गाडी कच्चि सडकमा उक्लन नसकेपछि पछाडी हटेर अगाडी बढ्ने क्रममा पछाडी बग्दै दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

३० भाद्र २०७०, आईतवार ०६:५९ मा प्रकाशित

समाचार

सबै

गल्छी गाउँपालिकाले चिन्न नसकेको प्रतिभा इश्वरी अधिकारी

धादिङ -गत वर्ष काठमाडौं स्थित् नोबेल एकेडीमीबाट व्यवस्थान संकायतर्फ प्लस टुमा नेपाल टप गर्दै गर्दा इश्वरी अधिकारीलाई सारा नेपालीले चिने । नचिनोस्, पनि कसरी, अधिकारीले राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ मा.....

स्वच्छ खानेपानीका लागि आयोजना निर्माण तिव्र गतिमा

धादिङ, १३ माघ । खानेपानीको अभाव झेल्दै आएका स्थानीयबासीको समस्या समाधानका लागि जिल्लाका विभिन्न स्थानमा सरकारी.....

मोटरसाईकलको ठक्करबाट बद्रीबहादुर कार्कीको मृत्यु

धादिङ, ११ माघ - मोटरसाइकलको ठक्करबाट शुक्रवार राती धादिङको बैरेनीवजार स्थित पृथ्वीराजमार्गमा एक जनाको मृत्यु.....

बिदुरको अधुरै रह्यो जापान फर्कने सपना

धादिङ-तिहारमा जापानबाट फर्केका ३० वर्षीय विदुर गुरुङ भूकम्पले भत्काएको घर निर्माण गर्ने तरखरमा थिए । जापानमा.....

सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ मा रहेको सुन्दरी माविलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ.....

Categories