माओवादीद्धारा यात्रुसहितको बसमा आगजनी

628 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काभ्रे, ३० भदौ । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै अरनिको राजमार्गस्थित धुलिखेलमा यात्रु बोकेको बसमा आगजनी गरेर त्रास फैलाएका छन् ।

480X320_e4e79b1f3a4cb63e9449fdec3ef578c2

बनेपाबाट मेलम्ची जांदै गरेको बा २ ख ५६७२ नम्वरको बसलाई नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेका हुन् । बसमा यात्रु रहेकै अवस्थामा नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेको प्रत्यक्षदर्शी यात्रुले जानकारी दिए ।
‘सुपर एक्सप्रेस’ नामक सो बसमा १५ जना यात्रु रहेका थिए । यात्रुले जस्तो गरी रोकेर ढुंगा प्रहार गरी एक्कासि पेट्रोल छर्केर बसमा आगो लगाएका हुन् । ढुंगा प्रहार गरेपछि ओर्लन लागेका यात्रुहरु ओर्लन नपाउंदै नेकपा माओवादीका कार्यकर्ताहरुले आगो लगाएर भागेका थिए ।
पांचखालको सर्वमंगला विद्यालयमा पढाउन जांदै गरेकी शिशिका युरेपिया श्रेष्ठले बसमा लगाईएको आगोले आफू बालबाल जोगिएको बताईन् ।
यसैबीच, प्रहरीले बन्दका क्रममा हिंसात्मक कार्यमा संलग्न रहेको अराोपमा नेकपा–माओवादीका केन्द्रीय सदस्य चुडामणि गौतमसहितका नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।