बागमती सहित देशका विभिन्न भागमा आज पनि बर्षा

197 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ न्यूज
काठमाण्डौ, ५ भदौ बिहीबार २०८१ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको कारण  देशका विभिन्न भागमा बर्षा जारी छ ।  मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा रहेको छ।

मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले  दिएको जानकारी अनुसारअहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ रहेको जल तथा  छ।

बिहीबार दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा  बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।


One thought on “बागमती सहित देशका विभिन्न भागमा आज पनि बर्षा

Comments are closed.